प्लस टु पढ्ने युवाको क्ल्व समुदायमा लोकप्रिय, संस्कृति जोगाउनेदेखि जेहेन्दारलाई सहयोगसम्म

0 65

पाल्पा । बेद युवा समूह बगनासकाली ८ बराङ्दीले होली पर्वको अवसरमा चैत ६ गते ३ जना विपन्न परिवारका जेहेन्दार बिद्यार्थीलाई झोला तथा शैक्षिक सामाग्री प्रदान गरेको छ ।

सोही अवसरमा युवा समूहको आयोजना र निरञ्जन युवा क्लवको समन्वयमा बगनासकाली ७ र ८ को संगमस्थल देउरालीमा फागु संस्कृति संरक्षण कार्यक्रम, चेतना मुलक सडक नाटक प्रदर्शन, स्लो बाइक रेस तथा अन्य रचनात्मक क्रियाकलापहरु समेत सम्पन्न भएका छन् ।

युवा समूहले खानीगाउँ माविमा कक्षा ५ मा अध्यक्ष सरिता बिक, बेद माविमा कक्षा ११ मा अध्ययनरत सपना घिमिरे र कालिका आधारभुत विद्यालयमा कक्षा ६ मा अध्ययनरत सञ्जिव परियारलाई झोला, कापी तथा अन्य शैक्षिक सामाग्री उपलब्ध गराइएको समूहका अध्यक्ष बरुण बस्यालले बताए । पढ्न लेख्न चाहाने तर किताव कापी समेत किन्न घरको अवस्था नभएका विद्यार्थीहरुलाई विद्यालयको सिफारिसमा शैक्षिक सामाग्री उपलब्ध गराइएको अध्यक्ष बस्यालले बताए ।

कार्यक्रममा लोप हुने अवस्थामा रहेको फागु गीत तथा नाच संस्कृति धर्म संस्कृति तथा संरक्षण सम्वर्धन समिति बराङदीको समूहले प्रस्तुत गरेका थिए । त्यस्तै युवा समूहका सदस्यहरुले बिदेशमा जानु हुँदैन, सीप र क्षमता भए गाउँमै पनि नमुना काम गरेर देखाउन सकिन्छ भन्ने सन्देश सहितको सडक नाटक प्रस्तुत गरेका थिए ।

युवा समूहले अघिल्लो वर्षदेखि होली पूर्णिमाको अवसरमा यसप्रकारको कार्यक्रम गर्दै आएको छ । समुदायमा लोप हुने अवस्थामा रहेको कला संस्कृति संरक्षण र सम्वर्धनका लागि यसप्रकारको कार्यक्रम आयोजना गरिएको समूहका सचिव जीवन न्यौपानेले बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी बगनासकाली अध्यक्ष हरिप्रसाद पाठकले युवा समूहको उक्त प्रयासको सराहना गरे । कार्यक्रममा प्रेस चौतारी केन्द्रीय सदस्य कमलराज तिमिल्सिना, इन्सेक पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना, वडा सदस्यहरु मिनप्रसाद न्यौपाने, रिता भट्टराई, कालिका आधारभुत विद्यालयका प्रअ जीवराज घिमिरे, पत्रकार दयाराज न्यौपाने बिष्णु तिमिल्सिना लगायतले बेद युवा समूह सामाजिक स्तरमा लोकप्रिय समूहको रुपमा स्थापित भएको बताए ।

इन्सेकको इएलपि कार्यक्रम अन्र्तगत बेद माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत युवाहरुको समूह बेद युवा समूहले सामुदायिक स्तरमा रचनात्मक क्रियाकलाप संचालन गर्दै आएको छ । यो समूहले यसअघि सामुहिक अदुवा खेती, सडक नाटक, साँस्कृतिक कार्यक्रम लगायतका रचनात्मक कार्यक्रमहरु विद्यालय र समुदाय स्तरमा संचालन गर्दै आएको छ ।

Comments
Loading...