फर्निचरमा आगो लाग्यो, ९ लाख रुपैयाँ बढीको क्षति

0 1,402

पाल्पा । पाल्पामा एक फर्निचरमा आगोलागी हुँदा ९ लाख रुपैयाँ बढीको क्षति भएको छ । रैनादेवी छहरा गाउँपालिका–४ छहरामा रहेको युबराज रजालीको १ तले जस्ता पाताको छानो भएको फर्निचरमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।

आगोलागीवाट फर्निचर भित्र रहेका मेसिन, काठ, तयार भएका फर्निचर तथा प्लाईउड लगायतका सामान जली पुर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । आगोलागी भएको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय मुझुङ, पाल्पाबाट प्रहरी नायव निरीक्षक सहितको टोली र स्थानीयले आगो नियन्त्रणमा दिएका थिए ।

बिद्युत सर्ट भई आगोलागी हुन सक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका इन्सपेक्टर लक्ष्मण पचभैयाले बताए ।

Comments
Loading...