फोक्सिङ्कोटमा पहिलो पटक बस पुग्यो, गाउँलेहरु खुशी

0 164

एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउपालिकाको फोक्सिङ्गकोटमा पहिलो पटक बस पुगेको छ । वडा नं. २ फोक्सिङ्गकोटको सहदीखोला रानीबास हुँदै वडा कार्यालय सम्म पहिलो पटक बस पुगेको हो ।

स्थानीय कोटथर गाउँ निवासी दलबहादुर पाडेको बिहेमा चेलीको घर हेर्न रैनादेवी छहराबाट माईती लिएर पहिलो पटक गाउँमा बस आउँदा रानीबास, कोटथर तथा भञ्ज्याङ्गथोकका वासिन्दाले चालक सहित सबैलाई फुलमालाले स्वागत गरेका थिए ।

३२ सिट क्षमताको मिनीबस सहित गाउँमा पहिलो पटक बस आउँदा स्थानीय खुशी भएका छन् । ग १ ख ४९०४ नम्बरको मिनीबसका चालक हरि खाम्चाले बाटोमा कुनै समस्या नआएको र सजिलै संग बस चलाउन सकिने बताए । रम्भा गाउँपालिका वडा नं. २ कार्यालय, गाउँपालिका तथा सांसद विकास कोषबाट बाटोको स्तर सुधार गरे पनि अझ सम्म औपचारिक रुपमा बाटो उद्घाटन हुन सकेको छैन ।

“मोटरबाटोको स्तर धेरै सुधार भएको छ उद्घाटन कार्य र विधिवत रुपमा बस संचालन गर्ने कार्यमा जनप्रतिनिधिहरुको सकारात्मक सहयोग हुनुपर्ने” मोटरबाटो उपभोक्ता समूहका अध्यक्ष भिमबहादुर सारुले बताए । धेरै स्थानीय बस व्यवसायीहरुले फोक्सिङ्गकोट देखि बुटवल सम्म बस सेवा संचालन गर्न ईच्छुक रहेको अध्यक्ष सारुले बताए । स्थानीय बस व्यवसायी कृष्ण बस्यालले“ आफू स्थानीयवासीको सहयोगमा बस व्यवसायी समितिमा गएर दर्ता गरि बस सेवा दिन ईच्छुक रहेको बताए । नियमित बस संचालन भएमा यहाँका वासिन्दालाई बुटवल आउजाउ गर्न तथा सामान खरिद बिक्री गर्न सजिलो हुने स्थानीय अमरबहादुर सारुले बताए ।

Comments
Loading...