फोक्सिङ्गकोटमा सरसफाई तथा स्वच्छता समिति गठन भयो

0 78

एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउँपालिका वडा नं. २ फोक्सिङ्गकोटमा वडा स्तरीय खानेपानी तथा स्वच्छता समन्वय समिति गठन गरिएको छ । बैठकले वडा नं. २ का अध्यक्ष उमानसिं सारुको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरेको हो ।


बैठकमा फोक्सिङ्गकोटका महिला स्वास्थ्य स्वयम सेविका, सहजकर्ता, शिक्षक, राजनैतिक पार्टीका प्रमुख लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो । बैठकमा प्रमुख अतिथि रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले रम्भा गाउँपालिकालाई पूर्ण सरसफाई उन्मुख बनाउने गाउँपालिकाको अभियान अनुरुप विभिन्न वडामा सरसफाई अभियान चलाईएको र उक्त अभियानलाई सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने बताए ।

विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष राधादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, लेखा अधिकृत पोष्टराज न्यौपानेले रम्भा गाउँपालिकाका नागरिकलाई स्वच्छ र स्वस्थ बनाउने कार्यमा जुट्न सबैलाई आग्रह गरे । बैठकले साविकका ९ वटै वडालाई केन्द्रित गरि सबै टोलवस्तीमा टोल संयोजक गठन गरि सरसफाई अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । सुआहारा पाल्पाका वास अधिकृत जगबहादुर घर्ती तथा फिल्ड सुपरभाईजर कुश्माखर पाण्डेले सहजीकरण गरेका थिए बैठक वडा नं. २ का वडा अध्यक्ष उमानसिं सारुको अध्यक्षतामा चलेको थियो ।

Comments
Loading...