बगनासकालीका अध्यक्ष सहितका ब्यक्तित्वहरुको युएईमा स्वागत सम्मान

0 158

राजा बगर ।  युएई
मणिमुकन्द सहकारी संस्था तानसेन पाल्पाबाट एक हप्ते युएई भ्रमणमा आएका जम्बो टोली लाई पाल्पाली समाज युएईले स्वागत सम्मान गरेको छ । सो अवसरमा दशैं तिहारको अवसरमा शुभकामना आदानप्रदान सहित समसामयिक विषयमा छलफल समेत गरियो ।

पाल्पाली समाज युएईका अध्यक्ष खुम आलेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा लुम्बिनी वेलफÞेयर सोसाइटी युएईका अध्यक्ष तथा पाल्पाली समाज युएईका संस्थापक गितामणि पाण्डे रहेका थिए । साथै बिशिष्ठ अतिथिको रुपमा बगनासकाली गाउँपालिकाका प्रमुख कृष्ण प्रसाद बस्याल, कार्यकारी अधिकृत रामचन्द्र अर्याल, मणिमुकुन्द सहकारीका अध्यक्ष मधुदयाल सैजु, लुम्बिनी बिकास कोषका कोषाध्यक्ष सुरेन्द्र मणि सैजु, पाल्पा उद्योग बाणिज्य संघका अधक्ष्य मोहन श्रेष्ठ साथै स्याङ्जा सहयोग समाजका पुर्ब अध्यक्ष राजु पाण्डे पाल्पाली समाजका बरिस्ठ सल्लाहकार कृष्ण बस्याल अतिथिको रुपमा रहेका थिए ।

सो अवसरमा बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले गाउँपालिकाले युवाशक्तिलाई स्वदेशमै अवसर सृजना गरि विदेश पलायन रोक्नेमा आफू प्रतिबद्ध रहेको बताए । मणिमुकुन्द सहकारीका अध्यक्ष मधुदयाल सैजुले सहकारीले सामाजिक कार्यहरु समेत गर्दै आएको बताए । कार्यक्रममा युएईमा रहेका नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रम समाजका महासचिव बेदप्रसाद अर्यालले संचालन गरेका थिए ।

Comments
Loading...