बगनासकालीका मासु पसलको अवस्था यस्तो

0 138

(बगनासकाली) पाल्पा । स्थानीय निकायको गठन भएपछि सदरमुकाममा मात्र केन्द्रित रहेको बजार अनुगमन गाउँपालिकामा पनि शुरु भएको छ । विगतका समयमा सदरमुकाम तानसेनमा मात्र सिमित रहेको बजार अनुगमन पाल्पाको बगनास गाउँपालिकामा शुरु भएको छ ।

जनप्रतिनिधी निर्वाचित भई सकेपछी गाउँपालिकामा विभिन्न विषयगत कार्यालय स्थापना संगै कार्यापालिकाले योजना बनाई गाउँस्तरमा अनुगमन शुरु गरेको छ । जनप्रतिनिधी निर्वाचित भएपछि बगनासकाली गाउँपालिकाले जिल्लामै पहिलो पटक आफ्नो क्षेत्रमा बजार अनुगमनको शुरुवात गरेको हो । गाउँपालिकाको बजार लाई व्यस्थित रुपमा संचालन गरी, उपभोक्ता लाई स्वच्छ, सफा तथा ताजा खानेकुरा खुवाउने योजना अनुरुप बगनासकाली गाउँपालिका पशुसेवा शाखाको आयोजनामा मासु पसलहरुको अनुगमन गरेको छ ।

मासु पसल अनुगमनको क्रममा पसलहरु दर्ता नगरी संचालन भएको, मुल्य सुची नराखिएको, पशु पक्षिको राम्रो बधशाला नभएको, मासु संगै दुध दही आईसत्रिम एउर्ट फ्रिजमा राखी विक्रि हुदै आएको, मासु काट्ने औजारहरुको सरसफाई नदेखिएको, मासु, किनारा पसल, तरकारी पसल र होटल व्यबसाय एउटै स्थानमा संचालन गरेको, मासु तौल गर्ने तराजु सही नभएको, फ्रिजको कुन स्थानमा कस्तो मासु राख्ने विषयमा जानकार नभएको, वधशालामा सरसफाई नदेखिएको, फोहोर पानीबाट मासु पखालिएको दृश्यहरु देखिएको पशु चिकित्सक डा. उत्तम आचार्यले बताए । । आजसम्म कहि कतैबाट अनुगमन नभएको, कुनै निकायबाट सचेतना विषयमा तालिम नपाएको, आफ्नो ज्ञान र बृद्धि अनुसार मासु व्यबसाय गर्दै आएको व्यबसायीहरुले बताएका छन ।

बगनासकाली गाउँपालिकामा रहेका विभिन्न उधोगी व्यबसायी, गाउँपालिकाको दायारमा ल्याउने, उनीहरु लाई सचेत गराउदै, उपभोक्ता लाई गुणस्तरीय स्वच्छ, सफा र स्वस्थबद्र्धक सरसमान उपलव्ध गराउने योजनाका साथ बजार अनुगमन थालिएको प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र अर्यालले बताए । बजार अनुगमनको पहिलो चरणमा जानकारी र सचेतना गराएका छौ, मासु व्यबसायीको लागी १६ बुदे सुधारात्मक निर्देशन जारी गरेका छौ, निश्चित समयभित्र गाउँपालिकाका दर्ता हुनको लागी समय दिएका छौ सोही समयभित्र समेत अटेर गरेमा गाउँपालिकाले पसल बन्द सम्मको कारवाही गर्ने प्रशासकिय अधिकृत अर्यालले बताए ।

उपभोक्ता मञ्च पाल्पाका अध्यक्ष माधव नेपालले गाउँपालिकाले शुरु गरेको बजार अनुगमनले उपभोक्ता, व्यापारी तथा उधोगीहरु लाई सचेत बनाएको बताए । मासु जस्तै अन्य बस्तुहरुको पनि गाउँपालिकाले निरन्तर अनुगमन बढाउनु पर्ने अध्यक्ष नेपालले बताए । बगनास गाउँपालिका लाई स्वस्थ गाउँपालिकाको रुपमा विकास गर्ने, औषधी उपचारमा सहयोग गर्नुभन्दा, मानिसलाई विरामी नहुने गरी निति निर्माणमा सुधार गरी कार्यान्वयनमा लैजाने योजना अनुरुप मासु पसलहरु लाई व्यस्थित सफा र स्वच्छ बनाउने अभियान शुरु गरिएको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए । बगनासकालीका सवै वडा तथा गाउँ तहसम्म मासु पसलको अनुगमन गरिने कार्यालयले जनाएको छ ।

Comments
Loading...