बगनासकालीका युवाले बिपद् प्रतिकार्य तालिम लिए

0 27

पाल्पा । बगनासकाली गाउँपालिकाको आयोजना र नेपाली सेना गोरखदल गण पाल्पाको संयोजनमा बगनासकाली गाउँपालिका पाल्पामा ४ दिने सामुदायिक विपद प्रतिकार्य तालिम सम्पन्न भएको छ ।


युवाहरूलाई समाजमा आइपर्ने विपदको प्रतिकार्य गर्नको लागि ज्ञान हासिल गराउने उद्देश्यसहित आयोजित तालिम समापन समारोहका प्रमुख अतिथि गोरखदल गणका गणपति जनककुमार बस्नेतले समुदाय र सेनाबीचको समन्वन्ध नङ र मासुको जस्तै रहेको बताए । उनले नेपाली सेनाले समुदायसँगको सहकार्यमा आगामी दिनमा पनि रचनात्मक कार्यक्रम संचालन गर्दै लैजाने बताए ।
तालिम समापन समारोहमा बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल, उपाध्यक्ष सरस्वती चिदी दर्लामीले यसप्रकारको तालिमका लागि सहजीकरण गर्ने नेपाली सेनाप्रति आभार प्रकट गर्दै आगामी दिनमा समेत यसप्रकारको सहकार्य रहने बताए ।


कार्यक्रममा बगानसकाली पत्रकार समूहका अध्यक्ष दिपक ढुंगाना, सहभागी मिन बहादुर रानाले तालिम समय सापेक्ष रहेको बताए । बगनासकाली गाउँपालका ९ वटा वडाका २४ जना युवा सहभागी तालिममा गोरखदल गण र २ नं. बाहिनी चितवनका सेनाका तालिम प्राप्त प्रशिक्षकले सहजीकरण गरेका थिए । तालिम समापनका अवसरमा तालिमका प्रशिक्षक सहित गणका गणपति जनककुमार बस्नेत, सेनानी मनोज डंगोल, गोरखदल गण, २ नं. बाहिनीलाई पनि सम्मानपत्र र मायाको चिनोले सम्मान गरिएको थियो । तालिमको समापन कार्यक्रम बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठको संचालनमा चलेको थियो ।

Comments
Loading...