बगनासकालीका शिक्षकलाई कोभिडबारे सचेतना र जोखिम न्यूनीकरण तालिम

0 273

पाल्पा । बगनासकाली गाउँपालिकाका बिद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरुका लागि कोभिड १९ नयाँ स्वरुप सम्बन्धी सचेतना जोखिम न्यूनीकरण तथा ब्यवस्थापन तालिम बगनासकालीमा सम्पन्न भएको छ । बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था लि. बगनासकाली ८ बराङ्दीको ब्यवस्थापन, ग्रामीण स्वाबलम्बन बिकास केन्द्रको आयोजना, माल्टेश्वर इन्टरनेशनल र जर्मन कोअपरेसनको आर्थिक सहयोगमा सञ्चालित तालिममा बगनासकाली गाउँपालिकाका शिक्षकहरुको सहभागिता रहेको थियो ।

तालिममा स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख बिश्वनाथ न्यौपानेले कोभिड १९ पाल्पा जिल्लामा परेको प्रभाव र हालको अवस्था तथा यसको जाखिम न्यूनीकरणका लागि जनप्रतिनिधिहरुको भूमिका बिषयमा सहजीकरण गर्नुभएको थियो । बिद्यालयमा हुन सक्ने जोखिम न्युनीकरणका लागि शिक्षकहरुको भूमिको बिषयमा समेत न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।

बगनासकाली गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मणिराम अधिकारीले कोभिड १९ ले बगनासकाली गाउँपालिकामा परेको प्रभाव र पालिका अन्र्तगत भएका कामहरुको बारेमा जानकारी सहित सहजीकरण गर्नुभएको थियो । उहाँले अन्य पालिकाहरुको तुलनामा बगनासकालीमा कोभिडका कारण मृत्यु हुनेको मृत्युदर बढी रहेकोले थस सजगता अपनाउनुपर्ने बताउनुभयो । सुआहारा कार्यक्रमकी जिल्ला स्रोत ब्यक्ति अनिता श्रेष्ठले कोभिड १९ जोखिम न्यूनीकरणमा जनप्रतिनिधिहरुको भूमिका, ब्यक्तिगत रुपमा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा मापदण्ड लगायतको बिषयमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद भुसालले सहकारी मार्फत दुग्ध उत्पादन संकलन र बजारीकरण, अकबरे खुर्सानी पकेट क्षेत्र बिस्तार, बचत तथा ऋण प्रवाह सहित सहयोगी संस्थाहरुको सहयोगमा बरांगदीमा आइसोलेसन निर्माण गर्न लागिएको बताउनुभयो । सोही कार्यक्रम अन्र्तगत बिद्यालय र स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री सहित आवश्यक अन्य सामाग्रीहरु बितरण पनि गरिएको उहाँले बताउनुभयो । उहाँले यसअघि जनप्रतिनिधिहरुका लागि तालिम सञ्चालन गरिसकेको, पालिकाका बिभिन्न स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयम्सेविका र सहकारीका सदस्यहरुका लागि पनि तालिम सञ्चालन गर्न लागिएको बताउनुभयो । अध्यक्ष भुसालले शिक्षकहरु मार्फत बिद्यार्थी र बिद्यार्थी मार्फत कोरोना सचेतना समुदाय स्तरसम्म पुग्ने अपेक्षा सहित यसप्रकारको तालिम आयोजना गरिएको बताउनुभयो । सहकारीका ब्यवस्थापक लक्ष्मण घिमिरेको संचालन र अध्यक्ष कृष्ण भुसालको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

Comments
Loading...