बगनासकालीकै पहिचान बगनासे सांचो उद्योग बन्द

0 59

पाल्पा । पाल्पा र आसपासका जिल्लामा केही वर्ष अघिसम्म निकै प्रचलनमा रहेको पेचवाला बगनासे सांचो (चावी) उद्योगहरु अभावमा बन्द भएका छन् ।

बगनासकाली, ९ चापपानी बगनासमा निर्माण हुदै आएका सांचो उद्योगहरु उचित बजारको अभावमा बन्द भएपछि युवाहरु आयआर्जनका लागि विदेशिएका छन् । यसरी उद्योगहरु बन्द भएपछि सांचोको नमुना समेत हराउने अवस्थामा पुगेको छ । गाउँलेहरुकै लगानी र क्रियाशीलतामा २०१२ देखि देखि निरन्तर निर्माण हुँदै आएको बगनासे साचो झण्डै ८ वर्षअघिसम्म पाल्पा सहित स्याड्डजा, गुल्मी, अर्घाखाची, नवलपरासी, कास्की लगायतका जिल्लाहरुमा निकै लोकप्रिय रहेको स्थानीय बासिन्दाहरुको भनाई छ ।

बजारमा सस्तो र छुट्क्याइलो किसिमका सांचाहरु आएपछि आफूहरुको उत्पादन ओझेलमा परेको स्थानीय उद्यमीहरुको भनाई छ । स्थानीय युवा भेष बहादुर विश्वकर्माले भने “हाम्ले जान्दा हाम्रो गाउ“मै १० जना बढीले सांचो बनाउने काम गर्थे, अहिले एक जनाले पनि ब्यवसायिक रुपमा सांचो बनाउदैनन् ।” “हाम्रा बाबु बाजेले गर्दै आएको ब्यवसायलाई हामीले निरन्तरता दिने बातावरण बन्न सकेन यो दुःखको कुरा हो ।”

केही वर्ष अघिसम्म आफूले समेत निरन्तर रुपमा सांचो निर्माण गर्दै आएको बताउदै ७१ वर्षीय गन बहादुरले भने–“आजकल चाइनाबाट सस्तो मूल्यका सांचाहरु आएपछि हाम्रो उत्पादनले बजार पाउन छाडेको हो ।” एक जना ज्यामीले एक दिनमा निकै मेहनत गरे मात्रैं २ वटासम्म सांचो बनाउन सक्ने बताउदै गन बहादुरले अगाडि भने–“चाइनाबाट ५० रुपैया खाले साचाहरु बजारमा आए, हामीले बनाएको सांचोको एउटाको मूल्य ३ सय ५० रुपिया“सम्म पर्छ भनेपछि कसरी बजार पाउने त ?”

बगनासमा अहिले सांचो बनाउने सम्वन्धी सीप भएका ३ जना बुढापाकाहरु रहेपनि उचित आफूहरुको उत्पादनले उचित बजार नपाएपछि अर्कैै पेशामा संलग्न हुन थालेको स्थानीय बासिन्दाहरुको भनाई छ । स्थानीय लोकमान विश्वकर्माले भने –“अझै पनि गन बहादुुर, प्रेम सिंह र टेक बहादुर बुवाहरु जिउदै हुनुहुन्छ, उहाहरुसग सांचो निर्माण सम्वन्धी राम्रो ज्ञान सीप छ ।” उनले अगाडि भने “यदि यहा निर्माण गरिएको सांचोले राम्रो बजार पाउने हो भने आजैबाट उहाहरुसग सीप सिकेर हामी विदेश नगएर साचो बनाउने काम सुरु गर्छौ ।”

Comments
Loading...