बगनासकालीको शिक्षा समितिले पूर्णता पायो

0 155

बगनासकाली (पाल्पा) । बगनासकाली गाउँपालिका स्तरीय गाउँ शिक्षा समितिले पूर्णता पाएको छ । बिहीवार गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालको अध्यक्षतामा बसेको बैठकले शिक्षा समितिलाई पूर्णता दिएको हो ।

बेद माविका प्रअ डिल्लीराज पाण्डे, सिद्धि माविका अध्यक्ष केशव रायमाझी, राम माविका अध्यक्ष मुक्तिराम अधिकारी, काली गण्डकी र्बोिडङ स्कुलका बामदेव बस्याल, ज्ञान ज्योति र्बोिडङ स्कुलका देवीप्रसाद न्यौपाने र स्थानीय शिक्षा बिद् डा. शंकर प्रसाद गैरेलाई सदस्यमा मनोनित गरिएको गाउँपालिकाका प्रवक्ता लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिए ।

बगनासकाली गाउँपालिका अन्र्तगत पारित शिक्षा नियमावली अनुसार गठित शिक्षा समितिले पूर्णता पाएको अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए ।

Comments
Loading...