बगनासकालीमा प्रजातन्त्रको महत्व विषयमा अन्र्तक्रिया

0 54

(बगनासकाली) पाल्पा । ६८ औं प्रजातन्त्र दिवसको अवसरमा बगनासकाली गाउँपालिकामा प्रजातन्त्रको महत्व विषयक अन्र्तक्रिया तथा दिप प्रज्वलन कार्यक्तम सम्पन्न भएको छ ।

दिवसको अवसरमा कार्यालय परिसरमा सरसफाई समेत गरिएको थियो । गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अर्यालको संचालनमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्याल, उपाध्यक्ष सरस्वती चिदीमगर, गाउँपालिकाका प्रवक्ता लक्ष्मी प्रसाद अधिकारी, नायरका वडा अध्यक्ष टिकाबहादुर थापा लगायतले बोल्दै बास्तवमा स्थानीय तहसम्म जनताले परिवर्तनको अनुभुति गर्न सक्ने गरि अव स्थानीय सरकारले सेवाप्रवाहमा जोड दिनुपर्ने बताए ।

Comments
Loading...