बगनासकालीमै भेटियो २ सय १५ वर्ष पुरानो मन्दिर

0 30

पाल्पा । बगनासकाली गाउँपालिकाको एउटा राम्रो सम्भावना यहाँको धार्मिक पर्यटन हो । यहाँ २ सय १५ पुराना पुरातात्कि मठमन्दिरदेखि आधुनिक कलाकौशलबाट निर्मित मठमन्दिर दर्जनौं छन् ।

सबैको आ–आफ्ना विशिष्ट पहिचान र महत्व छ । जिर्णोद्धार र थप सजिसजावट सहित प्रचार प्रचारमा ध्यान दिन सके यहाँको धार्मिक पर्यटनले राम्रो गति लिन सक्छ । तस्विरमा दैलातुङमा रहेको २ सय १४ वर्ष पुरानो (ऋषिकेशेश्वर) महादेव मन्दिर हो । यो मन्दिरलाई यसअघि अन्नपूर्णेश्वर मन्दिर भनिएपनि मन्दिर भित्र रहेको शिलालेखमा ऋषिकेशेव्वर महादेव लेखिएको भेटिएको छ ।

वि.सं. १८६१ सालमा रामशाली पण्डितले उक्त मन्दिरको निर्माण गरेको इतिहास छ । यहाँ दैनिक पुजाआजा हुने र यस क्षेत्रकै बिशिष्ट पहिचानको रुपमा मन्दिर रहेको स्थानीय पदमराज बस्यालले बताए । “यो मन्दिरको ऐतिहासिक पक्षलाई समेटेर प्रचार प्रसार गर्न सक्ने हो भने यहाँ अरु धेरै धार्मिक पर्यटकहरु आउँन सक्छन् ।” उनले भने ।

Comments
Loading...