बगनासकाली पत्रकार समुहमा नयाँ नेतृत्व

0 561

पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिकामा गठन भई पालिका र जिल्ला स्तरमै रचनात्मक कार्यक्रमहरु संचालन गर्दै आएको बगनासकाली पत्रकार समुहको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।

अधिवशनले दिपक ढुंगानाको संयोजकत्वमा ११ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ । गठन गरेको छ । समितिको उपाध्यक्षमा भोजराज तिमिल्निा, सचिवमा बिष्णु घिमिरे, सहसचिव नेत्र गैरे र कोषाध्यक्षमा कमल अधिकारी रहेका छन् । त्यस्तै सदस्यहरुमा दयाराज न्यौपाने, तुल बहादुर गाहा, गीता रेग्मी, सुमन गैरे, किरण रसाइली, रन बहादुर कुमाल रहेका छन् ।

यसअघि साधारणसभाको उद्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले दुरदराजमा रहेका नागरिकहरुको दुख, पिडा र समस्याका बारेमा पत्रकारहरको कलम चल्नुपर्ने बताए । उनले पालिकाको बिकासका सवालमा पत्रकारहरुबाट सकारात्मक सहयोगको अपेक्षा समेत गरे । उनले कोभिड १९ को दुखद परिस्थितिमा पत्रकारहरुको सिप विकासका लागी छुट्याएको रकम कोभिडको व्यवस्थापनमा हस्तान्तरण गरिनु सराहनीय काम भएको बताए । बस्यालले समुहले गर्ने कार्यक्रमको लागी कार्यविधि बनाएरै बजेट व्यवस्थापन गर्ने समेत बताए ।

गाउँपालिका उपाध्यक्ष सरस्वती चिदी दर्लामीले पत्रकारहरु गाउँपालिकाको भौतिक, शैक्षिक तथा पर्यटकिय अवस्थाको जानकार भएकाले योजना छनौट देखि बजेट व्यवस्थापन सम्म सहजीकरण गर्न सघाउनुपर्ने धारणा राखिन् ।
नेपाल पत्रकार महासंघ पाल्पा शाखाका पुर्व अध्यक्ष गोविन्द भट्टराईले स्थानीय तहका हरेक राम्रा कामहरुको रिपोर्टिङ गर्दै सकारात्मक तथा सुधार गर्नुपर्ने विषयको उठान गर्नुपर्ने बताए । अर्का पुर्व अध्यक्ष झपेन्द्र गहिरेले स्थानीय तहहरुका कामहरुको प्रचारप्रसार गर्न र नागरिक माझ पुर्याउन समुह सहयोगी बनेको र जुनसुकै अवस्थामा पत्रकार सरकारको प्रतिपक्ष मात्र नहुने बताए ।

साधारण सभामा समुहका सल्लाहकारहरु देव पचभैया, कमलराज तिमिल्सेना, गाउँपालिका प्रवक्ता लक्ष्मी प्रसाद अधिकारी लगायतले नवनिर्वाचित समुहका पदाधिकारिहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको उद्घाटन समारोह पत्रकार यज्ञमूर्ति  तिमिल्सिनाको संचालन र अध्यक्ष दिपक ढुंगानाको अध्यक्षतामा चलेको थियो । नवनिर्वाचित अध्यक्ष दिपक ढुंगानाले समुहले संसागत विकासका लागी आवधिक योजना निर्माण, क्षमता विकास र प्रोत्साहनका कार्यक्रम, सबै संग सहकार्य र समन्वयका साथै गाउँपालिकाका हरेक विषयबस्तु उठान गर्ने प्रतिबद्धता समेत जनाए ।

साधारणसभाले नयाँ बिधान पास गर्दै पत्रकार समुहलाई गाउँपालिकामा बिधिवत दर्ता गर्ने निर्णय समेत गरेको छ । बगनासकाली पत्रकार समुहमा पत्रकार महासंघमा आवद्ध भएका र नभएका क्रियाशील पत्रकारहरु गरि ३५ जना आवद्ध रहेका छन् ।

Comments
Loading...