बगनासकाली साहित्य परिषद् गठन, अध्यक्षमा भट्टराई

0 86

पाल्पा । पाल्पाली साहित्यकारहरूले बगनासकाली साहित्य परिषद्को गठन गरेका छन् । पौष ७ गते शनिबार तानसेनमा बसेको भेलाले भोजराज भट्टराईको अध्यक्षतामा ११ सदस्यीय परिषद्को गठन गरेको हो ।

परिषद्को उपाध्यक्षमा गोमविक्रम क्षेत्री, सचिवमा ज्ञानु न्यौपाने सह सचिवमा शारदा पाण्डे, कोषाध्यक्षमा गणेश नेपाली रहेका छन् । यस्तैगरी सदस्यहरूमा फणिन्द्र बस्याल, कमल भट्टराई, शान्ति अधिकारी, देवबहादुर राना रहेका छन् । परिषद्ले आगामी बैठकबाट दुई सदस्य थप गर्नेगरी ११ सदस्यीय तदर्थ समिति गठन गरेको जनाएको छ ।

परिषद्को संरक्षकमा राजेन्द्रगोपाल सिंह, सल्लाहकारमा टंक भट्टराई, पुष्करराज रेग्मी, गोविन्द भट्टराई, धातानन्द शर्मा रहेका छन् । परिषद्ले बगनासकाली क्षेत्रको भाषा, कला, संस्कृतिलाई साहित्यको माध्यमबाट राष्ट्रव्यापी रूपमा नै चिनाउनुका साथै स्थानीय, प्रादेशिक एवम् राष्ट्रिय साहित्यिक गतिविधिहरू सञ्चालन गर्ने उद्देश्य राखेको परिषद्का अध्यक्ष भोजराज भट्टराईले बताए । परिषद्को केन्द्रीय कार्यालय बगनासकाली रहेता पनि यसको कार्यक्षेत्र नेपाल अधिराज्यभरी नै रहने उनले जनाए ।

Comments
Loading...