बगनासे सांचो उद्योग बन्द, महत्व सबैलाई थाहा छ तर प्रवर्धन भएन

0 60

पाल्पा । पाल्पा र आसपासका जिल्लामा केही वर्ष अघिसम्म निकै प्रचलनमा रहेको पेचवाला बगनासे सांचो (चावी) उद्योगहरु अभावमा बन्द भएका छन् ।

बगनासकाली गाउँपालिका ९ चापपानीमा, बगनासमा निर्माण हुदै आएका सांचो उद्योगहरु उचित बजारको अभावमा बन्द भएका हुन् । यसरी उद्योगहरु बन्द भएपछि सांचोको नमुना समेत हराउने अवस्थामा पुगेको छ । गाउँलेहरुकै लगानी र क्रियाशीलतामा २०१२ देखि देखि निरन्तर निर्माण हुँदै आएको बगनासे साचो झण्डै ८ वर्षअघिसम्म पाल्पा सहित स्याड्डजा, गुल्मी, अर्घाखाची, नवलपरासी, कास्की लगायतका जिल्लाहरुमा निकै लोकप्रिय रहेको स्थानीय बासिन्दाहरुको भनाई छ ।

बजारमा सस्तो र छुट्क्याइलो किसिमका सांचाहरु आएपछि आफूहरुको उत्पादन ओझेलमा परेको स्थानीय उद्यमीहरुको भनाई छ । केही वर्ष अघिसम्म पनि १० जना बढीले सांचो बनाउने काम गर्थे, अहिले एक जनाले पनि ब्यवसायिक रुपमा सांचो बनाउदैनन् ।

चाइनाबाट सस्तो मूल्यका सांचाहरु आएपछि हाम्रो उत्पादनले बजार पाउन छाडेको, एक जना ज्यामीले एक दिनमा निकै मेहनत गरे मात्रैं २ वटासम्म सांचो बनाउन सक्ने, चाइनाबाट ५० रुपैया खाले साचाहरु बजारमा आएको, यो सांचोको एउटाको मूल्य ३ सय ५० रुपैयासम्म पर्ने भएकोले पनि उचित बजारीकरण हुन नसेकेको स्थानीयहरुको भनाई छ ।

बगनासमा अहिले सांचो बनाउने सम्वन्धी सीप भएका ३ जना बुढापाकाहरु रहेपनि उचित आफूहरुको उत्पादनले उचित बजार नपाएपछि अर्कैै पेशामा संलग्न हुन थालेको स्थानीय बासिन्दाहरुको भनाई छ । स्थानीय ६९ वर्षीय टेकबहादुर विश्वकर्माले बगनासे साचो यस क्षेत्रकै एउटा गहना भएको बताए । यसको संरक्षण र यो उद्योगको प्रवर्धन हुनुपर्नेमा उनले जोड दिए ।

यो सांचोको प्रवर्धनका लागि बगनासकाली गाउँपालिकाले अघिल्लो वर्ष पनि केही कार्यक्रमहरु चलाएको छ । गाउँपालिकाले सांचो उद्योगको प्रवर्धनका लागि सक्दो पहल गर्ने गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए ।

Comments
Loading...