बटुवा र मजदुरको प्यास मेटाउँदै तेर्सो सडकको कल धारा

0 157

पाल्पा । तानसेनमा ज्याला मजदुरी गर्दै आएका ६४ वर्षीय बिर बहादुर मगर लाई आजकल पानी पिउनकै लागि होटलमा गएर छोले समोसा खानुपर्दैन ।

उनले तानसेनमा ज्याला मजदुरी गर्न थालेको १७ वर्ष भइसक्यो । भारी बोकेर हिड्दा प्यास लाग्थ्यो तर भनेको ठाउँमा पानी पिउन समेत पिउन पाइदैनथ्यो । यो समस्या मजदुरहरुको मात्रै थिएन, बटुवाहरुको पनि थियो र खासगरि पाल्पा घुम्न आउने पर्यटकहरुको पनि । गत चैतमा नेपाली सेनाको गोरखदल गणले तानसेन तेर्सो सडकमा पिउने पानीको लागि ट्यांकी निर्माण गरिदिएपछि धेरैले प्यास मेटाउन पाएका छन् ।

गोरखदल गणका गणपतिको सक्रियतामा गणका सकल दर्जाहरुको परिश्रमबाट तत्कालीन पाल्पाका तैनाथवाला प्रतापशमसेर जबराको पालामा बनेको कलधारालाई जिर्णोद्धार गर्दै सर्वसाधारणलाई पिउने पानीको लागि पानी ट्यांकी को निर्माण गरि गणपति प्रमुख सेनानी सुरज थापालो उक्त कलधाराको उद्घाटन गरेका थिए ।

तानसेनमा खानेपानीको समस्या भएकै कारण यहाँ पानी प्यास लाग्दा समेत पानी पिउने नपाइने अवस्था रहेकोमा यो कलधारा निर्माण गरिएपछि पिउने पानीको लागि सहज भएको छ

Comments
Loading...