प्रविधिको बढ्दो प्रयोग र यसका असरहरू

0 136

राम बहादुर गरंजा (एसकुमार)

आजकोे युग टेक्नोलोजी र विज्ञानको युग हो । अवको समय अन्धविश्वास, कुरिती, विकृति र विसंगतीलाई दाहसंस्कार गर्दै रकेट भन्दापनि गतिमा समृद्ध समाज निर्माण हो । समयको गतिसंगै भन्दापनि मानव गतिसँगै समय हुनुप¥यो अर्थात मानवको अधिनष्टमा समय सञ्चालन हुनुप¥यो । हाम्रो बाजेको पालामा यस्तो हुन्थ्यो, हाम्रो बजैको पालामा उस्तो हुन्थ्यो भनेर बस्ने बेला होइन । किनकी विज्ञानको नियम हो अगाडि बढ्नु । हिजो नेपालका समकक्षी मुलुकहरु आज विश्व र विज्ञानलाई चुनौती दिदै प्रविधि र विकासमा छुट्टै परिचय बनाउन सफल बनेका छन् ।

आज नेपालमा तिनै मुलुकबाट आयातित उपभोग्य बस्तु तथा सामाग्रीहरुले मुलुक निर्भर बनेको छ । जापान, चिन, भारत, थाइल्याण्ड लगायतका देशमा ५ कक्षा पढ्ने विद्यार्थिहरुले घडी, रेडियो, मोवाइल, टिभि कम्प्युटर बनाउदै विश्वका मुलुकहरुमा राज गरिरहेका छन् । त्यतिमात्र नभएर विभिन्न ग्रहमा पुग्ने, चन्द्रमामा पुग्ने रकेट, विमान र विश्वलाई ध्वस्त पार्ने क्षेप्यास्त्र समेत निर्माण गरेका छन् । तर हामीर हाम्रो अवस्था कहाँ छ ?भन्ने कुरा मेसो पाउन नसकी अन्योलको भूमरीमा फसिरहेका छौ । जीवन र जगतलाई बुझ्न नसकी पशुझै घृणित र गन्तव्यविहिन जीन्दगी जीउदै छौ । विश्वका नागरिकहरु अहिले मान्छेसँग लड्न छाडी विपत्ती र प्राकृतिक प्रकोपसँग भिड्दैछन् ।

त्यतिमात्र नभएर कम्प्युटर बाटै विश्वलाई ध्वस्त पार्ने समेत विज्ञानको विकास गरिरहेका छन् ।भाईरसलाई मार्ने एन्टीभाइरस निर्माण गरेका छन् । तर एन्टीभाइरसलाई चुनौती दिदै केही समय अगाडी कोरियामा सरकारका महत्वपूर्ण डकुमेन्टहरु भाईरसद्वारा ह्याकरहरुले ह्याक गरेका कुरा हामी सबैले सुनेका थियौ । त्यस्तैगरी विभिन्न देशका कम्प्यूटर पनि ह्याक गरेका कुरा र नेपालमा पनि ह्याकको डर बेला–बेलामा फैलिनेगर्छ । तर हामी भने एकले अर्कोलाई सराप्न तल्लीन छौँ, मान्छेसगँ लड्ने अनि मान्छे मार्ने बहादुर सावित हुदैछौँ । भरिसके अरुभन्दा आफू कसरी अगाडि जाने र आफ्नो स्वार्थ कसरी पूर्ति गर्ने ? भन्नेतिर हरदम् लागेका छौ ।


१. सामाजिक सञ्जाल र यसका फाइदाहरु׃–
यो प्रविधिको दुनियामा म सामाजिक सञ्जाल त्यसमा पनि विशेषगरी फेसबुकको बारेमा केही कुरा लेख्न गैरहेको छु । प्रविधिको नयाँ आयाम फेसबुक, ट्वीटर, ह्वाटसएप, इन्सट्राग्राम, भाइवर, इमो, युट्युब, लिङइन, पिनटरेस्ट, मेसेन्जर जस्ता सामाजिक सञ्जालहरु अहिले प्रयोगमा आएमा छन् । सामाजिक सञ्जालमा फेसबुक, ट्वीटर, युट्युब अग्रस्थानमा रहेका छन् । आज विश्व एउटा कुनामा बसेर हेर्न, बुझ्न र जान्न सकिने भएको छ । विश्वमा भएका घटनाको सुचना तथा जानकारी थाहा पाउने विज्ञान र प्रविधिको विकास भएको छ । विश्वकै सबैभन्दा पुरानो सामाजिक सञ्जाल भनेको सिक्सडिग्रिज डटकम जुन सन् १९९७ मा उत्घाटन गरी २००० मा बन्द भएको थियो । सामाजिक सञ्जालमा विशेषगरी फेसबुकको प्रयोग बढी छ ।

जुकरबर्गले सन् २००४ मा अमेरिकाको हार्वड विश्वविद्यालयका विद्यार्थिको सहयोगको लागि सञ्जालका रुपमा जोड्न फेसबुक शुरु गरेका थिए जुन आज विश्वभर फैलिएको छ । यसबाट नेपाली समाज पनि अछुतो रहन सकेको छैन । बच्चादेखि बृढसम्म, विद्यार्थि देखि शिक्षक अनि प्रधानाध्यापक सम्म, बिरामी देखि डाक्टरसम्म, ड्राइभर देखि पाइलट सम्म, कार्यकर्ता देखि नेतासम्म, पिउन देखि हाकिमसम्म सबैमा फेसबुकको लत बसेको छ । केहीले फेसबुकको सहि प्रयोग गरी राम्रै फाइदा उठाएका छन् भने केहीलाई बेफाइदा भएको छ । फेसबुकले दुनियालाई यति बिजी बनायो कि कसैलाई केही गर्न फुर्सद छैन । छोरी बर्षदिनमा आमा–बुवासँग भेट हुन्छे तर सन्चो–बिसन्चो को कुरा गर्ने फुर्सद छैन । श्रीमान–श्रीमती ४,५ वर्षमा विदेशबाट फर्किएर भेट हुन्छन् तर उनिहरुलाई जीवनयापन र भविश्यको बारेमा गफ गर्ने फुर्सद हुँदैन, दुुबै आ–आफ्नो तालमा मोवाइल लिएर बिजी हुन्छन् । दिदी–बहिनी बर्ष दिनको तिजमा भेट हुन्छन् तर भलाकुसारी गर्ने समय हुँदैन । त्यस्तैगरि दाजुभाई, इष्टमित्र, छरछिमेक दशै तिहारमा भेट हुन्छन् तर परिवार र गाउँका कुरा गर्ने फुर्सद हुँदैन, अचेल । पहिला–पहिलाहलो, जुवा, कोदालो र गोरु लिएर खेतबारीमा बिजी हुन्थ्यौ ।हसिया, खुर्पेटो र दोको साथमा लिएर बनजंगल र मेलापात धाउनेहरु आजभोली मोबाइल लिएरआ–आफ्नै संसारमा रमाइरहेका छन् ।

बिहान उठेदेखि राती अवेरसम्म फेसबुकमा व्यस्त छ जिन्दगी ।हामीलाई फेसबुकले जोड्दैन, दुइजना विच सञ्चारमात्र गराउछ । त्यसैले नियमित भेटघाट र कुराकानी जस्तो भावनात्मक र प्रेमिल हुँदैन, भेट हुँदाजस्तो सामिप्यता र आत्मियता कायम रहन्न । किनभने मान्छे फोटोमा जस्तो सुन्दर र स्टाटस लेखेजस्तो भद्र नहुन सक्छ । त्यसैले सबैले यो यथार्थलाई बुझ्न जरुरी छ । अहिले नेपालमा कुल जनसँख्याको दुई तिहाई नेपाली मोवाइल र इन्टरनेटको पहुँचमा छन् । भने फेसबुक प्रयोगकर्ता १ करोड भन्दा बढी भएको कुरा विभिन्न अनुसन्धानले देखाउँछ । यसले मानिसको शारिरीक दुरीलाई भुलाउन मद्धत गर्छ । ४,५ वर्ष अघिदेखि फेसबुकमा लहसिएका नेपालीहरु यो सामाजिक सञ्जाल विना केही गर्न नसक्ने अवस्थामा पुगेका छन् । देश बाहिर बस्ने थुप्रै नेपालीहरुलाई फेसबुक, इमो, भाइवर, ट्वीटर जस्ता सामाजिक सञ्जालले नै दैनिक रुपमा परिवार, आफन्त, साथीसँगी र आफ्नो देशसँग सञ्जाल मार्फत बाल्यकालका साथी र वर्षौअघि विछोडिएका आफन्त भेटेका छन् । अनि देश भित्र पनि एउटा ठाउँको कुरा अर्को कुनामा जानकारी लिन पाइने भएको छ । जाडोमा शितलहरवाट पिडित नेपालीका लागि फेसबुक बाटै न्यानो कपडा संकलन गरेर हेल्प नेपाललाई बुझाई रविन्द्र मिश्रको अभियानलाई सघाएँ । संविधान निर्माणमा भएको ढिलाईको विरोधमा अभियान चलाउन फेसबुक अभियानले सहयोग ग¥यो । अहिले पनि गंभिर प्रकृतिका रोग लागेका बिरामीलाई सहयोग गर्न देश–विदेशमा रहनुभएका आम नेपालीलाई फेसबुक अभियानले सजिलो बनाएको छ । त्यस्तैगरि भूकम्प, बाढीपहिरो, हावाहुरी लगायतका विपद्का घटनामा पनि एकले अर्कोलाई सहयोगर भावनामा मलम लगाउने काममा सामाजिक सञ्जालले जोडेको छ ।


२. यसका असर र बेफाइदा
आजभोली हाम्रो जीवनशैली दैनिक कार्यतालिका यस्तो छ । मान्छेबाट इन्टरनेट चल्नुपथ्र्यो तर इन्टरनेटद्वारा हामी चलाइयौ । थकित ज्यानलाई ढल्काएर एसो वाइफाई कनेक्ट गर्छौ फेसबुक खोल्छौ, कसले के म्यासेज गरेछ, कसले कस्तो पोष्ट गरेछ ? कति नोटिफिकेशन आएछन् ? दिनभर के–के भएछ ?कति फ्रेण्ड रिक्वोइष्ट आए ? आफूले अपलोड गरेको स्टाटसमा कति लाइक, कमेन्ट र शेयर भए ? अनि युट्युबमा के–के नयाँ भिडियो अपलोड भए ? भनेर खोतल्न थाल्छौ । कुनै घत लाग्दो समाचार, फन्नी, जोक्स, कुनै गंभिर टिप्पणी हेर्दाहेर्दै मुड पनि परिवर्तन भइसक्छ । खाना तयार हुँदासम्म हाम्रो ध्यान मोबाइल बाट हटेकै हुँदैन । त्यस्तैगरि रातीमा पहिला–पहिला कहिलेकाँही विउझिँदा पानी पिउने बानी थियो । तर आजभोली समय फरक छ, विउझिँएर फेसबुक, मेसेन्जर खोलिन्छ नोटिफिकेशन र म्यासेज लगायत गतिविधिको जानकारी लिइन्छ । राती अवेरसम्म फेसबुकमा समय व्यतित गरेपछि ढिलो सुत्छौ । अनि बिहान ढिलो उठ्दा टाउको भारी र आलस्य हुन्छ । उठ्ने वित्तिकै फेरी के–के भएछ भनेर फेसबुक, युट्युब, म्यासेन्जर, इमो खोल्छौ, फेरी त्यसैगरि समय बित्छ । अनि खाना खायो, अफिस गयो, त्यसपछि बेलुका घर फर्केपछि त्यही दैनिकी दोहोरिन पुग्छ । यसका राम्रा पक्षसँगै अर्कोतिर बिकृतीहरु देखा पर्न थालेका छन् । कतिपयले सामाजिक सञ्जाल उनिहरुको व्यक्तिगत भावना पोख्ने स्थानका रुपमा प्रयोग गरिरहेका हुन्छन् । उनिहरु आफ्ना प्रेमी वा प्रेमिकालाई फकाइरहेका, संझाइरहेका र धम्काइरहेका हुन्छन् । अझ कतिको त विहान उठेदेखि गुडमर्निङ बाट शुरु भई गुट नाइटसम्म गएर अन्त्य हुन्छ । सामाजिक सञ्जालमा हामी यति धेरै लिफ्त हुन थालेका छौ कि पारिवारिक मुल्य मान्यताहरु ओझेल पर्न थालेका छन् । सामाजिक सञ्जालमा अशिष्ट र अमर्यादित मात्र होइन, अश्लिल, फोहरी शब्द र विम्वहरुको प्रयोग हेर्दा यस्तो लाग्छ कि हाम्रो शिष्टता, भदता र सहिष्णुता खस्किसकेको छ । अझ भनौ आपको फोटो फेसबुकमा राख्यो र लेख्यो हाम्रोमा यसलाई केरा भन्छन् । अव साथीको पालो आयो, उसले कमेन्टमा लेख्छ हाम्रोमा त नास्पाती भन्छन् ।

अर्कोले लेख्छ हाम्रोमा मकै भन्छन्, अर्कोले लेख्छ हाम्रोमा स्याउ भन्छन्, अर्कोले लेख्छ हाम्रोमा भुइकटर भन्छन् । अर्कोतिर गोपनियता र सुरक्षाको कुरा केही छैन । आज काठमाण्डौ उडेको अवस्था, यहाँ यसो गरेको अवस्था, उसो गरेको अवस्था, पर्सि २ बजे बुटवल बसपार्कमा पुग्ने जानकारी । त्यस्तैगरि हाम्रो सपरिवार दार्जिलिङ घुम्न गएको अवस्था आदि इत्यादी भन्दै फोटो र लोकेसनको अवस्था बताइरहेका हुन्छन् । एकातिर यि र यस्तै स्टाटसले अपराधिक क्रियाकलाप बढाउन सहयोग गरेको छ भने अर्कोतिर सामाजिक सद्भाव भड्काउन सहयोग पुगेको छ । कहिले काँहि त यस्तो मेसेज पनि आउछ, ‘यो मेसेज श्री महादेवले पशुपति नाथवाट प्रसाद स्वरुप पठाउनु भएको हो । पचास जनालाई पठाउनु, वास्ता गर्नुभएन भने नराम्रो हुनेछ ।’ २१ औं शताब्दीमा आइपुग्दा पनि अन्धविश्वासलाई गर्ने हाम्रो संस्कार नै छ भन्दा फरक नपर्ला । समय यस्तो परिवर्तन भैसक्यो, मानिसहरुमा मानवता हराउन थालिसकेको छ । बस दुर्घटना हुन्छ, आगलागी भएको हुन्छ, बाढीपहिरो गएर मान्छे विपद्मा परेका हुन्छन्, हत्या, हिंसा र बलात्कार हुन्छ सहयोगी हातहरु हुँदैनन् । लाइभ आउछन्, प्रत्यक्ष प्रसारण गर्छन् । फोटोहरु पोष्ट हुन हतार हुन्छ । मानौ कि तिनीहरु कुनै ब्रेकिङ् न्युजका समाचारदाता हुन्, जो आफ्नो कर्तव्य पुरा गर्दैछन् । अझ आजभोली च्याउ उम्रेजस्ता युट्युब च्यानलहरु समाचार प्रसारणको लागि संचारको माध्यमको भूमिकामा नभएर कुनै व्यापार व्यवसाय गर्ने निकाय जस्तै छन् । कस्तो इन्टरभ्यू लिए भिउज बढ्छ ? भन्नेतिर मात्र केन्द्रित हुन्छन् । उनीहरुलाई अरु केही सरोकार हुँदैन मात्र हुन्छ कसरी आफ्नो च्यानल बढिले हेर्छन् र कसरी बढी पैसा कमाउन सकिन्छ ? अझ युट्युबमा त ‘अहिले सम्मकै उत्कृष्ट भिडियो ३ करोड नेपालीले हेर्नैपर्ने’ यस्तै– यस्तै हेडलाइन । त्यस्तैगरि फेसबुकमा कतिपयले आफ्नो वास्तविक फोटो र नाम राख्दैनन् । यदि राखेमा नाम र फोटो स्टाइलिस वा सही नराख्ने प्रबृति देखिन्छ । पंती अक्षर वा हिज्जे बिगारेर आफ्नो नाम राख्नुलाई उनिहरु स्टाइलिस वा सफलता ठान्छन् ।

यस्ता सामाजिक सञ्जाल जोबाट मानवता हराउन सहयोग पुग्छ, जसले राष्ट्रिय एकतामा प्रभाव पार्छ, जसले समाजमा विकृती ल्याउन सहयोग गर्छ, जसले समाजमा देखासिकी गर्न र तडक–भडक युक्त जीवनशैली अपनाउन मान्छेलाई प्रेरित गर्छ । इन्टरनेटमा आजभोली केटाकेटीहरु निश्चिन्त देखिन्छन् भने आफ्ना अभिभावक, शिक्षक र आफूभन्दा पाकाहरु सामाजिक सञ्जालवारे जानकार छैनन् वा भएपनि आफ्नो प्रोफाइलमा उनिहरुको ध्यान पुग्दैन । हामी हाम्रा वालवालिकाले डिभाइस वा एप्लीकेशनचलाउन जान्यो भनेर उसलाई स्मार्ट सोच्छौ । तर बच्चा होइन डिभाइस स्मार्ट हो । एउटा उदाहरण जतिबेला हाम्रा हातमा मोवाइल थिएनन्, त्यतिवेला हामीलाई धेरै फोन नम्बरहरु याद हुन्थ्यो, अहिले आफ्नै नम्बर पनि याद नहुने अवस्था छ । डिभाइस तथा एप्लिकेशनहरुले हाम्रो मस्तिष्कको प्रयोग घटाइदिएको छ । मोवाइल र सामाजिक सञ्जाल प्रयोगमा नेपालीले भारतियलाई जितेको कुरा हालैको एक तथ्यांङकले बताएको छ । प्रतिशतको आधारमा हेर्दा सामाजिक सञ्जालको प्रयोगमा भारतियभन्दा नेपालीको संख्या बढी छ । त्यसमा पनि १८–२४ वर्ष उमेर समुहको संख्या सबैभन्दा धेरै रहेको कुरा उल्लेख गरिएको छ । अहिले नेपालमा सार्वजनिक र सामाजिक परिचय बनाएका कतिपय ‘सेलिब्रेटी’ हरुलाई फेसबुकले अफ्ठ्यारोमा पार्न थालेको उदाहरण हामीले बाराम्वार सुनिरहेका छौ । केही समय अघि बेलायतमा पढेका काठमाण्डौका एक युवाले आपत्तिजनक तस्विरहरु राखिदिएपछि प्लस टु पढेकी एक युवती आमा–वुवा लिएर जि.प्र.का. काठमाण्डौ उजुरी गर्न पुगिन । केही महिना अघि काठमाण्डौ ७बस्ने एक २४ वर्षिया युवतीको फेसबुक तस्विर मुनी ‘मेरो कुमारित्व बेच्न चाहन्छु, किन्न चाहनेले यो नम्बरमा फोन गर्नुहोला ।’…………..भनेर लेख्ने राजु डंगोललाई प्रहरीले नियन्त्रण ग¥यो । त्यस्तैगरि भक्तपुर १६ की २६ वर्षिया एक युवतीको फेसबुक प्रयोग गरी उनको तस्विरको टाउको अश्लिन तस्विरमा जोड्ने काठमाण्डौ १२ टेकुका कुमार श्रेष्ठ पनि पक्राउ परेका थिए । त्यस्तैगरि एकजना १३÷१४ वर्षकी बालीका ११ वर्षको हुँदा उनको साथीले फोटो इडिट गर्न प्रयोगको रुपमा जोडेर फेसबुकमा पोष्ट गरिदिएछ । त्यसपछि बालीकालाई फोटोमा अनेक कमेन्ट आएछ । जसले गर्दा उनले म खराबै मान्छे रहेछु भन्ने महसुस गरी शरिरभरी काट्ने अनि के–के गर्ने पछि डिप्रेशनको शिकार भएको सुनियो । केही समय अघि भिडियोहरुमा ट्रोल बनाएर प्रधानमन्त्री केपी ओली, राष्ट्रपती विद्यादेवी भण्डारी, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेसका सभापती शेर बहादुर देउवालाई जनावरको शरिरमा टाउको जोडी, कतै नग्न तस्विरमा उनिहरुको टाउको जोडिएको थियो । अमर्यादित तस्विरहरु बनाएर फेसबुक र ट्विटरमा शेयर गरियो ।

त्यस्तैगरि डा. गोविन्द केसी अनसन बसेका बेला कांग्रेसका गगन थापा लगायतका नेताहरुको टेबुलमा वियरका वोत्तल र बियर भरेको गिलास लिएर बसेको फोटो एकाएक भाइरल भयो । त्यो चिया पिउदाको फोटो इडिट गरेर बनाएको रहेछ । त्यस्तैगरि हेलिकप्टर दुर्घटनामा परि निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रि रविन्द्र अधिकारीवारे मजाक गर्दै अन्यन्त घृणित, संवेदनाहिन र अमानवीय तवरबाट सामाजिक सञ्जालमा फोटो र स्टाटसहरु शेयर भए । त्यस्तैगरी पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ गितको प्रकरण । अस्तिभर्खर केपी ओली र विद्यादेवी भण्डारीको फोटो विगारेको आरोपमा एक जना प्रधानाध्यापक पक्राउ परे । यि त प्रतिनिधिमूलक घटना मात्र हुन । यस्ता घटना समाजमा कति छन् कति । हत्या, हिंसा, बलात्कार, चोरी, डिभोर्स लगायतका घटनाहरु सामान्य जस्तै भएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ता नेपालीहरुले जानेर वा नजानेर यस्ता घृणित काम गरिरहेका छन् । जसलाई सदुपयोग भन्दा दुरपयोग भैरहेको छ । कतै हाम्रो कुण्ठा पोख्न, कसैको चरित्र हत्या गर्न, अपराधिक क्रियाकलाप गर्न मान्छे उद्धेलित छन् । अभिव्यक्ति स्वतन्त्रताको नाममा हामीलाई जे मन लाग्यो त्यही गर्न छुट छैन । हामी तथ्य खोज्न भन्दापनि हल्लाको पछि दौडेर समय खेर फालिरहेका छौ । अहिले साइवर क्राइम केशमा विशेषगरि युवा युवतीहरुको बढीमात्रमा उजुरी आएको कुरा नेपाल प्रहरीको दावी छ । फेसबुक भनेको के हो भन्ने कुरा राम्रोसँग थाहाँ नभएको कारणले उनिहरु बढी हिंसाको शिकार भएका छन् । अझ बिशेषगरी बच्चा–बच्चीको हकमा १३ वर्ष अघि एकाउण्ट खोल्न पाइदैन तर उमेर बढाएर एकाउण्ट खोल्ने धेरै छन् । फेसबुकको लतको परिणाम बारे चाइनिज एकेडमी अफ साइन्सले केही मान्छेमा मस्तिष्क स्क्यान मार्फत गरिएको अध्ययनको निष्कर्ष यस्तो थियो ः–
अभिभावकसँग दुरी बढ्ने, आक्रोष र झिंन्झ्याट मान्ने ।
साथीसँग झैझगडा र भेटघाट पातलो ।
प्रेमी प्रेमीकासँग छिटो विश्वास, छिटो धोक्का ।
असामाजिक र एकलकाटे पन ।
तनाव र डिप्रसन ।
अध्ययन र एकाग्रतामा अभाव ।
३. अन्तमा
इन्टरनेट र फेसबुको लत बसेका केटाकेटीको मस्तिष्कमा ड्रक्स प्रयोगकर्ता कै जस्तो असर देखापरेको उक्त अध्ययनले दखाउछ । अनियन्त्रित रुपमा इन्टरनेट प्रयोग गर्ने बानीलाई चिकित्साको भाषामा इन्टरनेटको कुलत अर्थात ‘इन्टरनेट एडिक्सन डिसअर्डर (आइएडी)’ भन्ने गरिन्छ । पाकिस्तान, चिन, उत्तरकोरिया, क्युवा, इरान, बंगलादेश भियतनाम, मरिसस, इजिप्ट, सिरिया, साउदी अरेविया, टर्की लगायत देश सामाजिक सञ्जालको प्रयोगमा कडा मानिन्छन् । सन् २०१७ को संसदीय निर्वाचनमा साइबर आक्रमण हुन सक्ने भन्दै पाकिस्तानमा निर्वाचन आयोगले कार्यालयहरुमा सामाजिक सञ्जाल चलाउन रोक लगाएको थियो । चिनमा सन् २००९ मा उहीगुर आन्दोलन हुँदा सामाजिक सञ्जालमा रोक लगाएको हो । क्युबामा राजनितिज्ञ, केही पत्रकार र मेडीकल क्षेत्रका विद्यार्थिले मात्रै सामाजिक सञ्जाल प्रयोग गर्ने गरेका छन् । त्यस्तैगरि इरानमा बन्द छ । नेपालमा आधिकारिक रुपमा सामाजिक सञ्जाल दर्ता नभएका कारण उनीहरुले नेपालबाट लैजाने रकमको परिमाण थाहा हुन नसकेको हो । एक अनौपचारिक तथ्याङ्क अनुसार फेसबुकले नेपालबाट रु.१२ अर्व ७५ करोड बरावरको रकम लैजाने गरेको कुरा बताएको छ । तसर्थ ७० भन्दा बढी भाषा प्रयोग हुने फेसबुकमा अंग्रेजीमा लेखिएका अश्लिल शब्द, वाक्यलाई मात्र अश्लिल मान्छ, फेसबुकले । यसको अर्थ नेपाली युनिककोर्डमा जतिसुकै आपत्तिजनक कुरा लेखिएपनि फेसबुकको नियमन शाखाले अश्लिल ठान्दैन । एकपटक सोसल मिडियामा राखेका कुरा त्यति नै बेला एप्लिकेशनको सर्भरमा गएर बसेको हुन्छ । त्यो हटाएपनि सेफ भएको हुन्छ ।
त्यसैले अब फेसबुक चलाउदा सबैले ध्यान पु¥याऊ ः–
१. अपरिचितलाई साथी नबनाउने ।
२. आफ्नो गोप्य सुचना, तस्बिर, भिडियो सबैले हेर्नसक्ने नबनाउने ।
३. पासवर्डमा अंक र अक्षर मिसाउने ।
४. समय–समयमा पासवर्ड चेन्ज गरिरहने ।
५. अश्लिल फोटो, भिडियो, क्लिक नगर्ने ।
६. ‘फेक’ पेज नबनाउने, अर्काको तस्विर नविगार्ने र अपशब्द प्रयोग नगर्ने ।
प्रविधि आफैमा खराब वा असल हुँदैन । यसको प्रयोग कसरी गरिन्छ, त्यही अनुसार यसको असल र खराब
प्रभाव देखिने हो ।

हाल नेपालमा सामाजिक सञ्जालकोअसर तथा प्रभावहरुको वारेमा विभिन्न अनुसन्धानले यस्तो देखाउँछ ः–

सार्वजनिक रुपमा पचाउन समेत मुस्किल पर्ने सुचना सामाजिक सञ्जालमा प्रयोग हुने गरेको छ ।
राजनितिक नेतृत्व देखि कलाकार र सामान्य नागरिकलाई समेत बेइज्जत गर्ने प्रवृति पछिल्लो समयमा बढीरहेको छ ।
मानसिक तनाव दिने, व्यक्तिगत सम्वन्ध बिगार्ने तथा सामाजिक रुपमा अपाच्य बिषय समेत सामाजिक सञ्जालमा सम्प्रेषण हुने गरेको छ ।
घृणा र द्वेष फैलाउने खालका आपत्तिजनक विषयहरुले पनि पश्रय पाइरहेको छ ।
जातिय भेदभाव वा छुवाछुतलाई प्रोत्साहन दिने, श्रमप्रति अवहेलना गर्ने, अपराध गर्न उक्साउने, शान्ति सुरक्षा भङ्ग हुने कार्यलाई बढावा दिने ।
सामाजिक सञ्जालमा फरक मत राखेकै आधारमा विना तथ्य वा प्रमाणको आधारमा कसैको चरित्र हत्या गर्ने प्रवृति मौलाएको छ ।

Comments
Loading...