बन्दुकको छर्रा लागेर पाल्पामा एक बालकको निधन

0 1,044

पाल्पा । शिकार खेल्न गएका बेला बन्दुकको छर्राले लागेर पाल्पामा एक बालकको निधन भएको छ । रिब्दीकोट गाउँपालिका ८ दानसिङडाँडामा शिकार खेल्ने क्रममा बन्दुकको छर्राले लागेर १३ वर्षका बालक लक्ष्मण छहारीको निधन भएको प्रहरीले जनाएको छ ।

बिहीबार रातीको समयमा शिकार खेल्न चिलाउने पानी सामुदायिक वनमा जाँदा भरुवा बन्दुकको छर्राले लागेर उनको निधन भएको बताइएको छ ।  प्रहरीले उनी संगै शिकार खेल्न गएका रैनादेवी छहरा गाउँपालिका ४ भर्माटुङका १७ वर्षीय ज्ञान बहादुर गाहा, सोही स्थानका १४ बर्षीय कमल राना र रिब्दीकोट गाउँपालिका ८ दानसिङडाँडाका १३ बर्षीय देव बहादुर गाहा र भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Comments
Loading...