बन्लान् त जनप्रतिनिधि सदाचार ?

0 56

 

पाल्पा, म सबै खाले भ्रष्टाचारको बिरोध गर्दै सदाचार प्रति प्रतिबद्ध रहनेछु भन्ने नारासहित राष्ट्रिय हस्ताक्षर अभियान पाल्पा तानसेनमा सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सहित गैरसरकारी संस्था महासंघ, इन्द्रेणी ग्रामीण बिकास केन्द्र नेपाल कपिलवस्तुको आयोजनामा भएको अभियानमा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्याल, तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाही, उपमेयर लक्ष्मी पाठक सहित तानसेन नगरपालिका भित्रका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु सहित सरकारी तथा गैरसरकारी निकायका प्रमुखहरु, जिल्ला स्थित राजनीतिक दलका नेताहरु लगायतले हस्ताक्षर गरि सहमति जनाए ।

हस्ताक्षर अभियानमा सहभागी हुँदै जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालले आफू सदाचारमैत्री रहने बिश्वास दिलाए । उनले भ्रष्टाचामैत्री गतिबिधिहरुलाई जरैबाट उखेल्न सक्नुपर्नेमा जोड दिए । तानसेन नगरपालिकाका मेयर अशोकुमार शाहीले यस्ता अभियानहरुले भ्रष्टाचार न्यूनीकरणका लागि मद्धत गर्ने बताए ।

Comments
Loading...