बराङ्दीको भैसीको दुध अव तानसेनमा

0 458

पाल्पा । पाल्पामा भैसीपालनको लागि राम्रो स्थानको रुपमा परिचित प्रशिद्ध ठाउँ हो बराङ्दी । बगनासकाली गाउँपालिका वडा ८ बराङ्दीका किसानले आजभन्दा करिव १० बर्ष अघिसम्म भैसीको दुध सदरमुकाम तानसेनका घर घरमा ल्याएर बेच्थे । बराङ्दीको दुध भनेपनि माग उत्तिकै हुन्थ्यो । बीचका बर्षमा यहाँ भैसी पालन क्रमशः कम भयो तानसेनमा दुध ल्याउनेहरु पनि घटे ।

बगनासकाली बहुउदेश्यीय सहकारी संस्थाले अहिले फेरि गाउँमा उत्पादित दुध सदरमुकाममा बिक्रीको प्रवन्ध मिलाएको छ । सहकारीले बगनासकाली ८ बराङ्दीमा संकलन केन्द्र र तानसेनबाट विक्री हुनेगरी दुध डेरी संचालनमा ल्याएको छ ।
विहीवार बराङ्दीमा एक कार्यक्रमका बीच डेरीको उद्घाटन गरिएको छ । डेरी शुभारम्भ गर्दे नेकपाका केन्द्रिय सदस्य ठाकुर गैरेले यसप्रकारको अभियानले एकातिर किसान र अर्कोतिर उपभोक्तालाई लाभ हुने बताए । डेरीमा विहीवार ८७ लिटर दुध संकलन भएकोमा संकलित दुधलाई तानसेन नारायणस्थानबाट वजार क्षेत्रमा विक्री वितरण गर्ने व्यवस्था मिलाइएको सहकारीका अध्यक्ष कृष्ण प्रसाद भुसालले बताए ।

सहरकारीले प्रदेश सरकार संगको साझेदारीमा सहकारीले भैसी पालन पकेट क्षेत्रको रुपमा काम गर्दै आएको छ । पहिलो चरणमा सहकारीका ५० जना कृषकहरुलाई गोठ, भकारो सुधार कार्यक्रममा सहयोग, घाँस काट्ने मेसिन, पानी ट्याङकी तथा दुध संकलन गर्ने भाडाहरु पनि सहयोग गरि उनीहरुलाई भैसी पालनका लागि प्रेरित गरिएको सहकारीका सचिव कमलराज तिमिल्सिनाले बताए ।

सो अवसरमा वडाध्यक्ष गणेश प्रसाद बस्याल, जिल्ला सहकारी संघका भूपती पाण्डे, सहकारीका पूर्व व्यवस्थापक रवीलाल तिमिल्सिनाले अव भैसी पालनलाई ब्यवसायिक रुपमा अगााडि बढाउनुपर्नेमा जोड दिए । सहकारीका बरिष्ठ उपाध्यक्ष मोतिलाल बस्यालले कृषकहरुको उत्पादनलाई नाफामूलक गराउन सहकारीले गोठ, भकारो सुधार तथा अन्य सामाग्रीमा सहयोग गर्दै आएको बताए । संस्थाका सचिव कमलराज तिमिल्सिनाको संचालन र अध्यक्ष कृष्ण भुसालको अध्यक्षतामा कार्यक्रम चलेको थियो । तस्बिर पाल्पा पाटी

Comments
Loading...