बलियो आत्मबल नै कोरोनाको क्याप्सुल रहेछ

0 309

इश्वर काफ्ले पाल्पाली
अहिले पुर्ण रुपमा निको भएको छु । नियमित यस्तै क्रियाकलाप सँगै १५ दिनमा करिब करिब कोरोना ज्यानबाट बाहिरिएको आभास गरे,आफुले गर्नु पर्ने नित्यकर्म सँगै २५ औं दिनमा मेरो रिपोर्ट नेगेटिभ आयो । यो बिचमा अस्पतालको १ ट्याब्लेट पनि औषधी नखाई कोरोना जिते । म अहिले पुरानै अवस्थामा छु र पुर्ण स्वस्थ भइसकेको छु । यो २५ दिनको अवधिमा मैले कुराको महसुस गरे बास्तवमा कोरोनाको मुख्य औषधी भनेकै बलियो आत्मबल रहेछ ।

एक महिना जति भयो पाल्पा समाचार डटकममा एउटा परदेशी छोरो । आफ्ना बाबु आमा, प्रिय र छोरा छोरी र गाउँले र समग्र नेपाल आमालाई सम्झेर परदेशीको नाममा चिठी लेखेको थिए । मनले साह्रै गाउँ खोजी रहेको थियो । किनकी म बस्दै आएको देश कतारमा पनि कोरोना महामारी फैलिइसकेको थियो । नभन्दै कोरोनाको चपेनामा म स्वयम् पनि परे ।


मातृभुमि देखि कयौं माईल दुर । गाउँतिर भन्दा सात समुन्द्र पारी भन्छौं हो त्यही सात समुन्द्रपारीको देश कतारमै छु अहिले पनि । परदेशको भुमिमा आमा बुवा र श्रीमतिको काख देखि अलग यो अरब देशमा मैले पनि कोरोनाको सामना गरे । कोरोना संक्रमण भएको सुरुवाती दिनहरुमा हल्का कठिन महशुस भएतापनि मैले आफ्नो आत्मबल कमजोर हुन पटक्कै दिइन । म फ्लाटमा बस्ने भएको कारण मलाई आईसोलेसन वा हस्पिटलमा लगिएन । फोन मार्फत डक्टरहरुबाट निरन्तर सुझावहरु पाए । दिनमा ५,६ लिटर तातोपानी,अदुवा बेसार भिक्स हालेर तातोपानीको २० मिनेटको दरले दिनको दुई पटक बाफ निरन्तर लिए । अनि दैनिकी ३ पोटी लसुन पोलेर खाने, भिटामिन सि प्राप्त हुने अमिला चिजहरुको सेवन गर्दै कोरोना संग लड्दै गए ।


कोरोना संक्रमण पुष्टि भएको एक हप्ता सकिन नपाउँदै मेरो शरीरमा धेरै स्फुर्ति आयो । खाना पनि मिठो हुन थाल्यो । कोरोनाले गलाएको शरीरमा बिस्तारै उर्जा मिल्न थालेको महसुस गर्न थाले । अहिले पुर्ण रुपमा निको भएको छु । नियमित यस्तै क्रियाकलाप सँगै १५ दिनमा करिब करिब कोरोना ज्यानबाट बाहिरिएको आभास गरे,आफुले गर्नु पर्ने नित्यकर्म सँगै २५ औं दिनमा मेरो रिपोर्ट नेगेटिभ आयो । यो बिचमा अस्पतालको १ ट्याब्लेट पनि औषधी नखाई कोरोना जिते । म अहिले पुरानै अवस्थामा छु र पुर्ण स्वस्थ भइसकेको छु । यो २५ दिनको अवधिमा मैले कुराको महसुस गरे बास्तवमा कोरोनाको मुख्य औषधी भनेकै बलियो आत्मबल रहेछ ।


कोरोना आफैंमा एउटा सरुवा रोग हो , यो रोग जो कोहीलाई पनि लाग्न सक्छ । सर्न नदिन अपनाउने तरिका र सरिसकेपछिको सर्तकतामा आफैं चुस्त रहन महत्वपूर्ण ठानिन्छ । अहिले पनि कतार लगायत धेरै देशहरुमा नेपालीहरु पनि यसको चपेटामा पर्नुभएको छ । नेपालमै पनि महामारीकै रुप लिएको छ । जो पनि अहिले आइसोलेसनमा रहनुभएको छ उहाँहरुलाई मेरो अनुभव सुनाउन चाहान्छु । बास्तवमा कोरोना ठूलो कुरा होइन हामीले यसलाई सहजै जित्न सक्छौं । जसका लागि हाम्रो आत्मबल बलियो हुनुपर्छ । म ठिक छु र पूर्ण ठिक हुन्छु भन्ने महसुस गर्न सक्नुपर्छ । त्यस्तै खानपानमा खुब ध्यान दिनुपर्छ यसो भयो भने हामीले सहजै कोरोनालाई जित्न सक्छौं ।

वास्तवमा २५ बर्ष पढाई, २५ बर्ष कमाई र २५ बर्ष दबाई अनि दुनियाँ देखि पर अनि रमाइलो र उमंगता खै ? यथार्थमा जिन्दगीको अहम् हिस्सा भनेको स्वास्थ्य नै रहेछ भन्ने कोरोनाले सिकाएको छ । हामी मतिहत्ते गरेर जिउ ज्यानको प्रवाह नगरी आर्थिक पाटोलाई बलियो बनाउन रात दिन मेहनत गर्छौ तर बिडम्बना संसारबाट रित्तै बिदा हुनुपर्छ । ईस्टमित्र दाजुभाइ नातागोता भन्दा ठूलो पैसालाई स्थानान्तर गर्दै मरिहत्ते गर्ने हामी मानव अमर कोहि छैनम् भन्ने कुराको राम्रो पाठ यो महामारीले सिकाएको छ । जिवनलाई जिउन जसरी पनि सकिन्छ,तर मन सन्तुष्ट हुनु पर्यो अर्कोे पक्षको डाह ,मोह गरि सोच्ने प्रवृत्तिलाई यथार्थमा परिबर्तन गर्नु पर्दछ । मनमा साहस र दुर परिकल्पनाका साथ अबिचलित यात्रा गरियो भने निशन्देह जीवन सार्थक बन्छ भन्ने पाठ यो महामारीले सबैलाई सिकाएको छ ।


हुन मैले आफ्नो परदेशी जीवनकै बिचमा पनि नेपालमा र बिदेशमै पनि बिभिन्न सामाजिक अभियानहरु चलाएको छु । म संक्रमित भएको थाहा पाएपछि मेरा परिवार र देश बिदेशका धेरै साथीहरुले मलाई उत्साह दिनुभयो । यहाँहरुकै उर्जाकै कारण पनि मैले खुशी भएरै कोरोना जिते । २५ दिनसम्म एक्लै बस्दा कुनै पनि समय निराश भएको महसुस नै गरिन । अहिले पनि मिडिया तथा समाजमा मान्छेको आत्मवल घटाउने क्रियाकलाप भइरहेको देखेको छु । यसले कोरोना पोजिटिभहरुलाई अप्ठेरो बनाउन सक्छ । कोरोना लागेकाहरुलाई देख्नै नहुने नजिक पर्नै नहुने, छिछी दुरदुर गर्ने जस्ता संकीर्ण सोच राख्नुहुँदैन । यो संक्रमण जो कोहीलाई पनि लाग्न सक्छ । त्यसैले आत्मबल जगाउनुपर्छ ।
हालः दोहा कतार

Comments
Loading...