बल्ढेङगढीमा बस पुग्यो गाउँले खुशी

0 20

भुवन रायमाझी । रैनादेवी छहरा
शनिवारको दिन रैनादेवी छहरा ७ बल्ढेङगढीकी जनकला साप्कोटाको अनुहारमा देखिएको खुशी देख्दा लाग्थ्यो उनलाई ठुलै सफलता मिलेको छ । तर उनको खुशि यो हो बिवाह गरेको ३७ वर्षमा गाउँबाट पहलो पटक बस चढेको अनुभवले उनको मुहार अत्यन्तै खशि थियो । जनकला मात्रै होईन करिव ४ सय बढी स्थानीय बासीको उपस्थीत र खुशि देख्दा साच्चै पश्चिमका तिन वडा जुठा बल्डेढी र सत्यवतीमा बिकासले गति लिन थालेछ भन्ने आभाष हामीलाई पनि भयो ।

रुपन्देहीको साल्झन्डी सुकदमार बल्डेङगढी सत्यवती हुदै जुठापौवामा सम्म यात्रु बहाक बस पुग्दा त्यहाँका स्थानीयमा ठुलै खुशि मिलेको देखियो । २०४८ सालमा पुर्व सासंद हरि नेपालले सर्वे गरेको बाटो २६ वर्ष बित्दा समेत यो बाटोले निरन्तरता पाएन अहिले स्थानीय तहको २८ लाख बजेट बाट पहलो पटक बस पुगेको सालझन्डी मौलाडाँडा मोटर बाटो उपभोक्ता समिति अध्यक्ष सुरेस रायमाझीले बताए । केही बर्ष पहिले देखी अत्यन्तै जोखिम मोलेर हिउदको समयमा साना सवारी चले पनि बस भने पहिलो पटक पुगेको हो । बाजा गाजा फुलमाला लिएर बसको अगाडी पछाडि सयौ गाउँले उद्घाटनमा आएका थिए ।

उद्घाटन गर्न पुगेका पुर्व सासंद हरि नेपाल रैनादेवी छहरा गाउँ पालिका प्रमुख राम बहादुर कार्की लगायत वडाका जनप्रतिनिधि र सन्चारकर्मीको उपस्थितिमा मोटर बाटो उद्घाटन भएको थियो ।

Comments
Loading...