बसन्त र अनिताको ‘पिआर’ बन्यो दमदार भिडियो (भिडियो सहित)

0 204

पाल्पा । नेपाली लोकदोहोरीको क्षेत्रमा अत्याधिक सफल लोक तथा दोहोरी गीत सालको पात टपरी गीतका सर्जक बसन्त थापा र गायिका अनिता चलाउनेको स्वरमा नयाँ गीत हालै सार्वजनिक गरिएको छ ।

‘बिदेशको पिआर’ बोलको लोकगीतमा संगीत पनि बसन्तले नै दिएका छन् । गीतमा प्रल्हाद सुवेदीको शब्द छ भने गीतको एरेन्ज आशिष अबिरलले गरेका हुन् । भिडियोमा मोडल दुर्गेश थापा र सोनिकाको नृत्य देख्न सकिन्छ । साथै कलाकार राजाराम पौडेलेको पनि भिडियोमा अभिनय देख्न सकिन्छ ।

गीतमा ‘पी आर’को प्रलोभनमा पर्नेहरुलाई ब्यंग्य गरेको देखिन्छ । बब्बु थापाको निर्देशनमा बनेको भिडियोमा कोरियोग्राफी मौसम हिमालीको छ भने क्यामेरामा अजय रेग्मी छन् । भिडियो सम्पादन प्रविण भट्टले गरेका छन् ।

पूरा भिडियोका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

Comments
Loading...