बाम गठबन्धनको जीत सुनिश्चित छः पाण्डेय

0 16

पाल्पा । नेपालको मौलिक लोकतान्त्रिक क्रान्ति, उपलब्धीको रक्षा र कार्यान्वयनको लागी बाम गठबन्धनको जित आवश्यक रहेको पाल्पा क्षेत्र न २ का उम्मेद्वार सोम प्रसाद पाण्डेयले बताएका छन् ।

बाम गठबन्धनको तर्फबाट घरदैलो अभियानमा अर्गली पुगेका सुर्यध्वजाबाहक उम्मेद्वार सोम प्रसाद पाण्डेयले बाम पार्टीहरुकै सक्रियतामा बनेको लोकतान्त्रिक संबिधान कार्यान्वयन गर्नको लागी कम्युनिष्टहरु एक भएको बताए । कार्यक्रममा प्रदेशसभा उमेद्वार डा. पुरन ब्रजाचार्यले शान्ति, समृद्धि र समानतानै आफ्नो आधारभुत प्रतिबद्धता रहेको बताए ।

जनताको व्यापक उत्साह रहेको बाम गठबन्धनको घरदैलो कार्यक्रममा एमाले नेता धनेन्द्रराज धिमिरे, कुल प्रसाद नेपाल, यादव बहादुर रायमाझी, नारायणी शर्मा, राम बहादुर राउत, अशोक कुमार शाही, लक्ष्मी पाठक माओबादी केन्द्रका नेता नेत्र पाण्डेय, मथुरा ढकाल, राजेन्द्र बिश्वकर्मा, तुलसा राना, प्रतिक्षा सिंजाली लगायतको सहभागीता रहेको छ । घरदैलोमा सहभागी वाम गठबन्धनका उमेद्वारहरुलाई जनताले फुलमाला सहित स्वागत गरेका छन् । तस्बिर सौजन्यः श्रीधर पाण्डेय

Comments
Loading...