बाम गठबन्धनलाई हराउने हिम्मत कसैमा छैनः पाण्डेय

0 14

विजयकुमार बौडेल । तानसेन
वाम गठबन्धन तर्फबाट पाल्पा क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार सोम प्रसाद पाण्डेयले जुनसुकै शक्ति लागेर पनि बाम गठबन्धनलाई पराजय गर्न नसक्ने बताएका छन् । तानसेनमा आयोजित युवा तथा विध्यार्थी भेलालाई सम्बोधन गर्दै नेता पाण्डेयले समृद्ध राष्ट्र निर्माण र स्थायि सरकार निर्माणको लागि बाम गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरे ।

एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले सक्षम र शिक्षित युवाले सर्टिफिकेट बाकसमा बन्द गरेर खाडी पलायन हुनुपर्ने अवस्थाको अन्त्य हुनको लागि कम्युनिष्ठ सरकारको आवश्यकता भएको बताए । नेता गैरेले ०७ साल र ४६ सालमा नेपाली कांग्रेसले पाएको बहुमतले देशको अवस्था बर्बाद भएको भन्दै लोकतन्त्र र समृद्ध राष्ट्र निर्माणको लागि बाम गठबन्धनलाई विजयी बनाउनुपर्ने बताए ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य नेत्र पाण्डेयले दुईतिहाई बहुमत सहितको सरकार बनाएर कम्युनिष्ट एजेण्डा र योजना सहित मुलुक परिवर्तन गर्ने बताए । पाण्डेयले पाल्पाका ४ वटै प्रदेश सभा सदस्य र २ वटै प्रतिनिधी सभा सदस्यको जित सुनिश्चित भैसकेको बताउँदै अब निर्वाचनको औपचारिकता मात्र बाँकी रहेको बताए ।

पुर्व सभासद राधाकृष्ण कंडेलले बाम गठबन्धनको पक्षमा जनलहर बढेको देखेर बिपक्षिले निर्वाचन गतिविधी बिरुद्ध कार्य गर्नसक्ने भन्दै सबैलाई सजग रहन अनुरोध गरे । माओवादी केन्द्रका नेता धनेन्द्रराज घिमिरेको संचालन र एमालेका युवा तथा विद्यार्थी संयोजक रामजी पोखरेलको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।

Comments
Loading...