बालिकालाई जर्वजस्ती करणी गरेको आरोपमा २० बर्षीय युवा पक्राउ

0 359

पाल्पा । १३ वर्षीया बालिकालाई जर्वजस्ती गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका ११ का २० बर्षीय प्रेम सुनारलाई कात्तिक १ गते पक्राउ गरेको छ ।

पीडितलाई आरोपितले असोज २५ गते बलात्कार गरेको भन्दै पीडितले आरोपितविरुद्ध  जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिनुभएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर त्वातीले बताउनुभयो । पीडितको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

Comments
Loading...