बावुआमासँगै डुलेर बित्दैछ बालापन

0 97

पाल्पा, दुई तले टिनको छानो छाएको कच्ची घर । लिपपोत नभएकोले बाहिरैबाट हेर्दा पुरानो जस्तो देखिन्छ । आँगनमा घाँस पलाएको पिढी र बारदलीमा मैलो र पुराना लुगा लथालिंग छन् । आँगनमा छेउमा एउटा मैले लुगाएको ११ वर्षे वालक कुकुरसित खेलिरहेको छ ।
उसका बावु आमा पिढीमा बसिरहेका छन् । न त उसका बावुआमा आपसमा कुरा गर्छन् न त उसले नै बावुआमातिर महत्व दिन्छ । यो दृश्य पाल्पा सदरमुकाम तानसेनबाट ७ किलोमिटर उत्तर बगनासकाली गाउँपालिका ८ ढावखोला गाउँको हो ।

बावुआमा दुबै जना मानसिक बिरामी भएपछि बराङ्दी गाविस वडा नं. ९ ढावखोलाका ११ वर्षीय बालक टोपराज न्यौपाने बेवारिसे जस्तै भएका छन् । उनी न त बिद्यालय जान्छन् न त न त बिद्यालय जानुपर्छ भन्ने मानसिकता नै बनेको छ । उनी पनि आफ्ना बावु, आमासँगै मागेर दिन बिताउँछन् । वडा नागरिक मञ्चकी संयोजक सिता बस्यालले बावु आमामा मानसिक समस्या भएपनि छोरामा समस्या नरहेको र पारिवारिक रुपमा पढाउनुपर्छ सरसफाई गर्नुपर्छ भन्ने मान्छे कोही नभएकोले बालकले पनि बावु आमासँगै डुलेर समय बिताउने गरेको बताइन् । ‘बावु आमासित हिड्दा हिड्दै छोरो पनि उस्तै हुन थालेको छ ।’ उनले भनिन् ।

८ वर्षअघि आफ्नी आमाको मृत्यु भएपछि टोपराजका बावु ४३ वर्षीय लक्ष्मण बस्याल र आमा ३९ वर्षीय निर्मला बस्याल मानसिक बिरामी भएका थिए । उनीहरु दुबै जना अहिले दिनभर अर्कैको घरमा मागेर खान्छन् । कहि कतै बिहेवारी वा पूजाआजा भए त्यही पुग्छन् । उनीहरुको जग्गा जमिन बाँझो छ । उनीहरुले घरमा पकाएर खादैनन् ।
स्थानीय बासी समेत रहेका पत्रकार दयाराज न्यौपानेले आमा छोरा आपसमा छुट्टिएर बस्न नसक्ने भएकोले बच्चालाई अन्यत्र पठाउन नसकिएको बताए । बावु आमालाई नियमित औषधी खुवाउने छोरालाई कतै पढाउने ब्यवस्थापन मिलाउन सके धेरै राम्रो हुने थियो । उनले भने । ‘यस अघि समय समयमा समुदाय मिलेर उनीहरुलाई नुहाइदिने गरेपनि उनीहरुले आफ्नो सरसफाई गर्नु पर्छ भन्ने सोंच नै नराख्दा समस्या भएको बताए । सौंचालय पनि समुदायले बनाइदिएको छ तर उनीहरुले सौंचालयको प्रयोग नै गर्दैनन् ।’ न्यौपानेले भने ।

Comments
Loading...