बावुराम गए, बिष्णु प्रसाद आए

0 348

पाल्पा । पाल्पाको प्रमुख जिल्ला अधिकारीको रुपमा बिष्णु प्रसाद ढकाल आएका छन् । यसअघिका प्रजिअ बावुराम गौतम क्षेत्रीय प्रशासन कार्यालय पोखरामा सरुवा भएर गएका छन् ।

नया प्रजिअ ढकालले शुक्रवारबाट आफ्नो जिम्मेवारी सम्हालेका छन् । उनले जिल्ला स्थित विभिन्न सरोकारवालाहरुसित परिचयात्मक तथा छलफल कार्यक्रम गरिरहेका छन् । पत्रकारहरुसितको छलफलका क्रममा  प्रजिअ ढकालले आफूले बिशुद्व राष्ट्रसेवकको भूमिका निर्वाह गर्दै आएको र पाल्पामा पनि त्यस्तै भूमिका निर्वाह गर्ने बताए ।

बिदाई भएर गएका प्रजिअ गौतमले सामाजिक सञ्जाल फेसबुक मार्फत पाल्पा बसाइ प्रभावकारी भएको भन्दै सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

Comments
Loading...