बिकट गाउँका स्वास्थ्यकर्मीको यो चाला

0 88

भुवन रायमाझी । छहरा
पाल्पाको रैनादेवी छहरा गाउँ पालिकाको जुठापौवामा रहेको एक मात्र स्वास्थ्य चौकीका कर्मचारी स्थानीय सेवाग्राहीको ख्याल नै नगरेर एक हप्ताको अग्रिम हाजिर लाएर घरमा गएको फेला परेको छ ।

जुठा स्वास्थ्य चौकीका प्रमुख आभाष कर्ण सम्बन्धीत कार्यलायलाई जानकारी नगराईकन गएको कार्तिक २६ गते नै कार्यालयको हाजिरि पुस्तिकामा हाजिर लाएर घरमा गएको स्वास्थ्य संस्थाको अनुगमनमा पुगेका रैनादेवी छहराका स्वास्थ्य प्रमुख जिवन रानाले बताए । उनले भने म कार्यालयमा पुगेर निगरानी गरे कर्ण सरले जानकारी नगराई घर जानु भएछ सोही संस्थामा कार्यरत अनमि राधिका भण्डारी पनि अग्रीम हाजिर लाएर घर जानु भएछ म दुवै जनाको हाजिर मै रातो लगाएको छु यस्लाई बिदामा कटाउने गरी काम गर्छु उनले भने ।

गाउँ पालिका प्रमुख राम बहादुर कार्की पत्रकार अन्य जनप्रतिनिधि सहितको टोली जुठापौवामा रहेको स्वास्थ्य चौकीको अनुगमन मा पुग्दा अनमि बिमला पौडेल र अनमी मुना गाहा मात्र कार्यालयमा भेटिएका थिए ।

Comments
Loading...