बिद्यालयको भौतिक निर्माण स्तरीय भएसंगै पठन पाठनमा सहज भयो

0 49

कमल बस्याल । पाल्पा
बिद्यालयको भौतिक निर्माण एवम् भवन संरचनाले पनि पठन–पाठनलाई कस्तो प्रभाव पार्दछ, भन्ने एक उदाहरण बनेको छ रम्भा गाउपालिका–५ मा रहेको रम्भा माध्यमिक बिद्यालय ।

चिटिक्क परेको सुबिधासम्पन्न भवन, उपयुक्त खेलमैदान, झट्ट हेर्दा शहरका स्तरीय बिद्यालयहरुसंग तुलना गर्न मिल्ने भौतिक संरचना निर्माण भएसंगै शिक्षक, बिधार्थी एवं. अभिभावकहरु हर्षित भएका छन । पहिले १ तले ८ वटा कोठा रहेको कच्चि भवन भत्काई भारत सरकारको सहयोगमा ३ तले २६ वटा कोठा रहेको स्तरीय भवनको निर्माण भएको हो ।
भवन निर्माणले बिद्यार्थी, शिक्षक एवम् अभिभावकहरुमा थप उत्साह मिलेको बताउँदै यसले बिद्यालयमा शिक्षाको गुणस्तरमा समेत थप बृद्धि हुने अपेक्षा लिएको बिद्यालयका प्रधानाध्यापक बिश्वनाथ खनालले आफ्नो धारणा राखे । साथै उनले भवन निर्माण भएसंगै आफुहरुलाई राष्ट्रिय स्तरका परीक्षा संचालन गर्न पनि सहज भएको बताए । नवनिर्मित भवनका कोठाहरु उज्याला, बिद्युत र पंखाको सुबिधा रहेको हुनाले पनि पठन–पाठनका लागि आफुहरुलाई पनि सहज भएको शिक्षकहरुको भनाई छ ।

पहिले जस्ताको पाता भएको जस्ले गर्दा बर्षायाममा पानि चुहिने, जस्ता बज्ने, चर्को घाम हुरि बतासले पनि बाधा पु¥याउने गरेको र सुविधा सम्पन्न भवन बनेपछि अहिले आफुहरुलाई निकै सहज भएको र यस्ले आफुहरुलाई अझ उत्साह मिलेको कक्षा १० मा अध्ध्यनरत छात्रा सन्जना बैदवारले बताइन् । भवन २ महिनाअघि देखि मात्र संचालनमा आएको हो ।

Comments
Loading...