बिद्यालय सुधार्न शिक्षक, बिद्यार्थी र अभिभावको सहकार्य चाहिन्छः मन्त्री बराल

0 69

बन्दना पोखरेल । रामपुर (पाल्पा)

प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले विद्यालय सुधार गर्न शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य हुनुपर्ने बताएका छन् । पाल्पाको रामपुर नगरपालिका ७ स्थित आधारभुत माविको नवनिर्मित चारकोठे पक्की भवनको उद्घाटन गर्दै मन्त्री बरालले शैक्षिक गुणस्तर बृद्धि गर्न सकेमा मात्र देश समृद्ध बन्ने बताउँदै शिक्षक, विद्यार्थी र अभिभावक त्रिपत्रिक्ष एक भएर लाग्नुपर्नेमा जोड दिए ।


शैक्षिक गुणस्तर बृद्धिका लागि आफु र प्रदेश सरकार हरपल लागेको बताउँदै मन्त्री बरालले प्रदेश सरकारबाट शिक्षा, स्वास्थ्य र रोजगारका लागि प्रदेश सरकारको क्षमताले भ्यासम्म यथोचित सहयोग सहयोग गर्ने बताए । मन्त्री बरालले जनस्तरबाट भएको मेहनतले समाज रुपान्तरणमा सहयोग पुगेको भन्दै प्राविधिक शिक्षाका लागि सवैले जोड दिनु पर्ने साथै प्राविधिक शिक्षा सन्चालन भएका सवै विद्यालयलाई सहयोग गर्ने गरि प्रदेश सरकार अगाडि बढेको बताए । शिक्षा स्वास्थ्य रोजगार र पर्यटन विकासको पुर्बाधार भएकोले आफ्नै घर बाट नजिकको विद्यालयमा आफ्नै घरको गुन्द्रुक र ढीडो खाएर जान सकिने ठाउँमा हुनु पर्ने यसको लागि प्रदेश सरकारले योजना अगाडि बढाईरहेको छ साथै प्रदेश सरकारको विभिन्न योजना मध्य प्रत्येक पालिकामा १५ सैयाको अस्पताल हुने योजनाका साथ अगाडि बढिरहेको छ ।


विद्यालयको भुकम्पका बेला भत्कीएको भबन भुकम्प पुनः निर्माण प्राधिकरणको रु ६९ लाख ४२ हजारको लागतमा भवन निर्माण गरिएको हो । सैगरी रामपुर नगरपालिका ६ स्थित नवदुर्गा माध्यमिक विद्यालयमा नवनिर्मित चारकोठे पक्की विद्यालयको पनि मन्त्री बरालले नै उद्घाटन गरे । पुनः निर्माण प्राधिकरणको रु ७० लाखको लागतमा चारकोठे विद्यालयको भवन निर्माण गरिएको हो । साना कक्षाका बालबालिका लागि लक्षित गरी नयाँ भवन निर्माण गरिएको प्रधानाध्यापक भानुभक्त न्यौपानेले बताए ।

Comments
Loading...