बिनय कसजु ग्रामीण पत्रकारिता पुरस्कार अर्याललाई

0 218

पाल्पा । नेपाल पत्रकार महासंघका अध्यक्ष तथा सामुदायिक रेडियो मदनपोखराका स्टेशन प्रवन्धक राजेश कुमार अर्याललाई ‘विनय कसजु ग्रामीण पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ । प्रतिष्ठानले कसजुको भावनानुसार ग्रामीण पत्रकारिताका क्षेत्रमा विशेष योगदान दिएका पत्रकारलाई प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गर्न थालेको जनाएको छ ।

कसजुको पहिलो स्मृति दिवसका अवसरमा पुरस्कारको घोषणा गरिएको हो । पुरस्कार उपयुक्त समयमा कसजुको गृहजिल्ला पाल्पामै समारोह आयोजना गरेर पुरस्कार प्रदान गरिने जनाइएको छ ।

प्रतिष्ठानका अध्यक्ष शम्भु श्रेष्ठको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले पाल्पास्थित सामुदायिक रेडियो मदनपोखरामा दुई दशकदेखि कार्यरत अर्याललाई पुरस्कार दिने निर्णय गरेको बताइएको छ ।

Comments
Loading...