बिपद्का बेला सहयोगी बने रम्भा गाउँपालिकाका कर्मचारी

0 109

एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउँपालिकाका कर्मचारीहरुले कोरोना भाईरस कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सहयोग गर्नको लागि ३ दिनको तलब बराबरको रकम सहयोग गर्ने भएका छन् ।

रम्भा गाउँपालिकाको प्रकोप तथा विपद व्यवस्थापन कोषमा उक्त रकम जम्मा गरि कर्मचारीहरुबाट स्वतःस्फूर्त रुपमा रकम सहयोग गर्ने निर्णय गरिएको रम्भा गाउँपालिकाका सूचना अधिकारी भक्तुजङ्ग रानाले बताए ।

रम्भा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालको अध्यक्षतामा बसेको बैठकले गाउँकार्यपालिकामा कार्यरत प्रशासनिक तथा प्राविधिक कर्मचारीका साथै गाउँपालिका भित्रका ५ वटै वडामा कार्यरत ४२ जना कर्मचारीहरुको तीन दिनको तलब कोरोना रोग रोकथामका लागि सहयोग गर्ने निर्णय गरेको हो । रम्भा गाउँपालिकाको प्रकोप तथा विपद व्यवस्थापन कोषमा विभिन्न व्यक्ति, संस्था, राजनैतिक दल, शिक्षक तथा कर्मचारीहरुले आआफ्नो क्षमता अनुसारको आर्थिक सहयोग गरेका छन् ।

Comments
Loading...