बिप्लव निकट नेपाल कम्युनिस्ट पार्टीको अन्तरक्रिया सम्पन्न

0 205

प्रबेश पन्थी । पाल्पा
बिप्लब निकट नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय कार्यक्रम अनुसार पाल्पामा पनि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

पार्टीको तेस्रो पुर्नस्थापना दिवसको अवसर पारी गरिएको कार्यक्रममा जिल्लाका पार्टी प्रतिनिधिहरुको समेत राम्रो सहभागिता भएको थियो । अन्तरक्रियाको बिषय प्रष्ट पार्ने क्रममा जिल्ला इन्चार्ज सामनाले संसदीय ब्यवस्थाको नाममा पार्टीका नेताहरूले अनावश्यक रुपमा धरपकट गरिएको हुदा यस्ता गतिबिधी बिस्तारै अन्त्य गर्नुपर्ने र यस्ता कारणले बाहिर खुलेर आफ्ना बिचारहरु समेत राख्न नपाउने बताइन् ।

साथै नेपाली कांग्रेसका जिल्ला सचिब अजयमान कर्माचार्य, राष्ट्रिय जनमोर्चा अध्यक्ष बिशाल दर्लामी, बुद्धिजीवीहरु निर्मल श्रेष्ठ र बुद्धिप्रसाद शर्माले नेपालमा दुई तिहाइ बामपंथी सरकार भएको देशले नि केहि नितिनियम तथा उनिहरुको सरकार गठन पछि नेपालमा घटेका घटनाहरुले झन् उनिहरुलाइ आफैमा लज्जास्पद अनुभुत गराएको बताए ।

नेकपाका नेताहरु नेत्र पाण्डे र धनेन्द्रराज घिमिरेले सरकारलाई थप जनमैत्री बन्न आफूहरुले समेत सुझाव दिएको बताए । मीन बहादुर आले नेपालको संचालन मुक्ती गैरेको स्वागत भुवन जिसिको सभापतित्वमा कार्यक्रम चलेको थियो ।

Comments
Loading...