बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले १६ गतेको लागि आह्वान गरेको नेपाल बन्द फिर्ता

0 234

पाल्पा । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यही चैत १६ गते शनिबारको लागि आह्वान गरेको नेपाल बन्द फिर्ता लिएको छ ।

बुधबार साँझ नेकपाले एक विज्ञप्ति जारी गर्दै बन्द फिर्ता लिएको हो । पार्टीका महासचिव विप्लवले सोमबार मात्रै एक विज्ञप्ति जारी गर्दै चरणबद्व संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेका थिए ।

सरकारी प्रतिबन्ध र दमनका विरुद्व नेकपाले बन्दसहितका आन्दोलनका कार्यक्रमहरु घोषणा गर्दै वर्तमान सरकारलाई चैत मसान्तसम्मको ‘अल्टिमेटम’ समेत दिएको थियो । नेकपाले नेपाल बार एसोसियसनको आग्रहमा बन्द फिर्ता लिएको हो । यही चैत १६ गते नै बारको निर्वाचन हुँदैछ । बन्दका कारण निर्वाचन प्रभावित हुने भन्दै बारले नेकपालाई बन्द फिर्ता लिन आग्रह गरेको थियो । त्यस्तै जारी एसइई परीक्षा समेत प्रभावित हुने भन्दै बार एसोसियसन, मानवअधिकार आयोग लगायतले समेत बन्द फिर्ता लिन आग्रह गरेका थिए ।

Comments
Loading...