बिप्लव पार्टीका युवा नेताहरु धमाधम गिरफ्तार हुँदै

0 15

पाल्पा । प्रनिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पाल्पाका जिल्ला इन्चार्ज पार्वती बिक ‘सामाना’ र जिल्ला सेक्रेटरी भुवन जिसीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

दुवैलाई बुटवलबाट सोमबार दिउँसो गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी नेकपा नवलपरासीका इन्चार्ज पदम केसी ‘जुझारु’लाई प्रहरीले नवलपरासीको भूमहीबाट गिरफ्तार गरेको छ ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका युवा नेता शंकर तामाङ (दर्पण) पनि कात्तिक २९ गते देखि पाल्पा प्रहरी हिरासतमा छन् । पार्टी निकट युवा संगठन राष्टिूय युवा जनस्वयंसेवक पाल्पाका संयोजक समेत रहेका तामाङलाई प्रहरीले तानसेन नगरपालिका वडा नं–६ लहरेपिपलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी डिल्लीराज पन्तले बताए ।

बाहिरी जिल्लाहरुमा विभिन्न चुनावविरोधी गतिविधि बढेपछि पाल्पामा सम्भावित घटना न्यूनीकरणका लागि तामाङलाई नियन्त्रणमा लिएको उनले बताए । स्थानीय तहको निर्वाचनमा नजिकिँदै गर्दा विभिन्न ठाउँमा बम विस्फोट हुन थालेपछि प्रहरीले जिल्लामा सुरक्षा सतर्कता बढाएको उनले बताए ।
तस्बिर साभारः इरातोपाटी खबर डटकमबाट

Comments
Loading...