बुधवार पाल्पामा २१ जना कोरोना संक्रमित थपिए

0 562

पाल्पा । बुधवार पाल्पामा २१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो तीन दिनमा उक्त संख्यामा कोरोना देखिएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

यसरी थपिएकाहरुमा ६ जना महिला र १५ जना पुरुष रहेका छन् । यससँगै पाल्पामा कोरोना परीक्षण गर्दा पुष्टि हुनेको संख्या १ हजार ८ सय ९० पुगेको छ । थप भएकाहरुमा बगनासकालीका ६ जना, माथागढी, रम्भा र रामपुरका १,१ जना, तानसेका र अस्पतालका १२ जना रहेको उनले बताए ।

Comments
Loading...