बुधवार पाल्पामा २२ संक्रमित थपिए, तानसेनमा मात्रै १७ जना

0 616

पाल्पा । बुधवार पाल्पामा २२ जनामा कोरोना पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये तानसेन नगरपालिकाभित्रका मात्रै १७ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

यसरी थपिएकाहरुमा रामपुर नगरपालिकाका ३ जना र माथागढी गाउँपालिकाका २ जना रहेका छन् । संक्रमितमध्ये १५ जना महिला र ७ जना पुरुष रहेका छन् । हालसम्म पाल्पामा कोरोना संक्रमितको संख्या१ हजार ३ सय ११ पुगेको छ । जसमध्ये १ हजार ९४ जना संक्रमित संक्रमणमुक्त भएका छन् । कोरोनाकै कारण १३ जनाको ज्यान गएको छ ।

Comments
Loading...