बृन्दावनका शिक्षक विद्यार्थीद्धारा नगर सरसफाई

0 31

पाल्पा । बृन्दावन एकेडेमी तानसेनका शिक्षक विद्यार्थीले तानसेन बजारका सडक सरसफाई गरेका छन् ।
रणउजीरेश्वरी भगवती रथयात्राको २ सय औं संस्करणको सन्दर्भ पारेर विद्यार्थीहरुले सिल्खानटोल, तेर्सो सडक, सित्तलपाटी लगायतको क्षेत्रको सरसफाई गरेका हुन् । यसप्रकारको अभियानले विद्यार्थीहरुमा थप सामाजिक भावनाको विकास गराउने विद्यालयका प्रिन्सिपल भरत न्यौपानेले बताए ।

Comments
Loading...