बेस नेपालको २८ औ बार्षिक साधारण सभा सम्पन्न

0 1,094

पाल्पा । पछौटेपन उन्मुलन समाज (बेस) नेपालको २८ औ साधारण सभा आज सम्पन्न भएको छ । पछौटेपन उन्मुलन समाज (बेस) नेपालको २८ औ साधारण सभा विभिन्न कार्यक्रम गरी सम्पन्न भएको हो ।

कार्यक्रममा राष्ट्रि«य बाल अधिकार परिशदका कार्यकारी निर्देशक मिलन धरेलले पछौटेपन उन्मुलन समाज (बेस) नेपालले शिक्षा स्वास्थ्य बाल अधिकारका क्षेत्रमा पैरवी तथा वकालत गरेकोमा संस्थालाई उच्च सम्मान व्यक्त गर्नुभयो । संस्थाले २८ बर्षको लामो समय शिक्षा, स्वास्थ्य,बालअधिकार लगायतका क्षेत्रमा अतुलनीय योगदान पु¥याएको भन्दै संस्थाप्रति सम्मान व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका धरेलले संस्थाले उक्त कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन शुभकामना दिए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख रमेशराज पौडेलले पछौटेपन उन्मुलन समाज नेपालले पाल्पा जिल्लामा शिक्षा क्षेत्रमा पु¥याएको योगदान उल्लेखनीय रहेको बताए । आफु जिल्लामा आए देखि संस्थाले जिल्लामा सञ्चालन गरेको साक्षरता कार्यक्रमका हरेक क्रियाकलाप सहभागी हुदै आएको र त्यसले बालबालिकाको सिकाईमा पारेको सकारात्मक प्रभाव ज्यादै सह्रानीय रहेको बताए । आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन आफुहरु संस्थासंग हातेमाले गर्न इच्छुक रहेको बताउदै शुभकामना पनि व्यक्त गरे ।

कार्यक्रमका अतिथि स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमका प्रमुख कृष्ण पोखरेलले पछौटेपन उन्मुलन समाज नेपालले पाल्पा जिल्ला तथा नवलपरासी जिल्लामा पु¥याएको योगदान स्मरणीय रहेको भन्दै आफ्नो पहिचानलाई निरन्तरता दिन संस्थालाई आग्रह गरे । कार्यक्रममा सुआहारा नवलपरासीका कार्यक्रम संयोजक कृष्ण गुरुङ्ग, इन्द्रेणी समाज केन्द्रका कार्यक्रम प्रबन्धक रुद्र मश्राङ्गी, बेस नेपालका संस्थापक सदस्य सीता देवकोटा (पाण्डे)ले संस्थाको विगतलाई स्मरण गर्दै आगामी दिनमा अझ राम्रा कार्यका लागि शुभाकमना व्यक्त गरेका थिए ।

पछौटेपन उन्मुलन समाज (बेस) नेपाल का कार्यकारी निर्देशक शालिकराम पाण्डेले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सबैको साथ, सहयोग र हौसलाले गर्दा संस्थाको कार्य प्रभावकारी रहेको बताए । कार्यक्रममा संस्था आवद्ध भई कार्य गर्दै आउनुभएका कार्मचारी तथा सदस्यहरुलाई विभिन्न पुरस्कारद्धारा सम्मान समेत गरिएको थियो । सम्मान हुनेहरुमा सन्त खाम्चाहा,सागर हिस्की,राधाकुमारी पञ्जियार, खड्गजित पुलामी उत्कृष्ट कर्मचारी पुरस्कारबाट पुरस्कृत भएका थिए । दिर्घसेवा सम्मान पुरस्कार शालिकराम पोखरेलले प्राप्त गरेका थिए भने कर्मवीर पुरस्कार बेस नेपालका उपाध्यक्ष लेखनाथ शर्मा मरासिनीले प्राप्त गरे ।

बेस सुप्रशिद्ध सिर्जना पुरस्कार बौदीकाली–३ नवलपरासीका टोपलाल विश्वकर्माले प्राप्त गरे । पछौटेपन उन्मुलन समाज (बेस) नेपालका अध्यक्ष छवीलाल सुवेदीको सभापतित्व र संस्थाका सचिव तुल्सी गौतमको संचालनमा कार्यक्रम चलेको थियो ।

Comments
Loading...