बैशाख मसान्त भित्र योजना सम्पन्न गर्ने गरि तयारी

0 26

भुवन रायमाझी । पाल्पा

रैनादेवी छहरा गाउपालिकाको आयोजनामा गाउपालिका र वडा कार्यालयबाट विनियोजित विकासका योजनाहरुलाई बैशाख मसान्त भित्र सम्पन्न गरिनु पर्ने भन्दै गाउपालिका प्रमुख राम बहादुर कार्की सहितको टोली प्रत्येक वडामा पुगेर विकास आयोजनाका उपभोक्ताहरुलाई  तालिम प्रदान गरिएको छ । जस अन्र्तगत सोमादी  सिद्धेश्वर बल्डेङगढी सत्यवती छहरा मुझुङ, जुठापौवा र भुवनपोखरीमा तालिम दिइएको छ ।

प्रत्येक वडामा परेका योजना,मोटर बाटो,बिजुली खानेपानी स्वाथ्य शिक्षा क्षेत्रमा बिनियोजित रकमलाई कसरी प्रयोग गर्ने फरफारक गरेर रकम कसरी निकासा गर्न उपभोक्ता समितिको काम र कर्तव्य र अधिकार के के हुन  योजनाका सम्झौता लागत  अनुमान र मुल्याङकन कसरी गर्ने भन्ने बारेमा गाउपालिकाका स्वास्थ्य प्रमुख जिवन राना, सव इन्जिनियर नविन कुमार झा लगायतले प्रशिक्षण दिए ।  कार्यक्रममा रैनादेवी छहराका कार्यकारी अधिकृत थानेश्वर पराजुलीले अवको विकास हिजोको शैलीमा नहुने भन्दै सबै योजनाहरु बिधि प्रकृया र मापदण्ड अनुसार सम्पन्न गर्न आग्रह गरे ।

यसका लागि तालिम उपयोगी हुने उनले बताए । जुठापौवामा पुगेर गाउपालिका प्रमुख राम बहादुर कार्कीले अबका योजना जनता मुखी हुने भएकोले कमिसन भ्रष्टाचार अनियमिता जस्ता कुरालाई पाखा लाएर समृद्ध गाउ बनाउन आफु लागेको बताउदै ५ वर्षमा ८ वडालाई शिक्षा स्वास्थ्य र रोजगार पर्यटन सहितको पुर्वधार,उज्यालो रैनादेवी छहरा हाम्रो आधार भन्ने नारालाई सार्थकता दिने बताए ।  गाउपालिका उपाध्यक्ष चेत कुमारी थापा गाउ कार्यपालिका सदस्य लक्ष्मण हिताङ, लक्ष्मी कार्की लगायतले अब गाउको विकासमा सबै एक जुट भएर लाग्ने बताउदै जनताका प्रतिनिधि भएर जनताको काम गर्ने प्रतिबद्वता जनाए ।

Comments
Loading...