बोटे गाउँमा बिजुलीको हरिबिजोग

0 25

पाल्पा । यतिबेला बिकासका कुरा राम्रै गरि चलेका छन् । जनतालाई राम्रै सपना देखाइएको छ र जनताले पनि राम्रैं सपना देखेका छन् तर सदरमुकाम तानसेन नजिकैको गाउँमा बिजुलीको हरिबिजोग छ ।

बगनासकाली गाउँपालिकाको वडा नं. ७ खानीगाउँको दैलातुङ बोटे गाउँमा ४ वटा बिजुलीको पोल सम्म पुगेको छैन । यहाँ जीर्ण पोल रहेका छन् । स्थानीय बोटे समुदायका घरमाथिबाट तार लगिएको छ । कुनै पनि बेला दुर्घटना हुन सक्ने देखिन्छ । वर्षौ अघिदेखि यहाँको समस्या यस्तै रहेको छ ।

स्थानीय बासिन्दाहरुका अनुसार यहाँबाट धेरै पटक बिजुलीको पोल माग भएपनि सरकारी निकायले खासै चासो दिएको छैन ।

Comments
Loading...