भगवती प्राथमिक बिद्यालय सिरुपातेका बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

0 96

पाल्पा । सामुदाय प्रहरी साझेदारी कार्यक्रम बिभिन्न बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण हुँदै आएको छ ।

बाल बालिकाहरुलाई बिद्यालय जान प्रोत्साहित गर्ने, बालबालिकालाई घरेलु हिंसा, ट्राफिक, सामाजिक बिकृति तथा सरसफाई सम्बन्धी जनचेतनामूलक सन्देश प्रदान गरी सामुदायिक बिद्यालयहरु लक्षित विपन्न तथा जेहेन्दार बिद्यार्थीहरुलाई पठन पाठनको क्रम्मा आवश्यक पर्ने शैक्षिक सामाग्रीहरु बिवरण गर्ने उद्देश्यले शैक्षिक समाग्री बैंक स्थापना गरिएको छ ।

श्रीनगर पिक्नीक स्पोटस ठेक्का समुह,पाल्पा मार्फत प्राप्त भएका शैक्षिक सामाग्रीहरु रिब्दीकोट गाउँपालिका वडा नं. ०१ सिरुपाते स्थित भगवति प्राथामिक बिद्यालय, पाल्पामा बितरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पा र सामुदायिक सेवा केन्द्र पाल्पाको सयुक्त आयोजनामा सामुदायिक सेवा केन्द्रका उपाअध्यक्ष एवम उपसमितिका संयोजक भुगोल बैजु अध्यक्षतामा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय, पाल्पाका कार्यालय प्रमुख दिपेन्द्र जि.सि. बिशिट अथिति रिब्दीकोट गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी खनालको आतिथ्यतामा बिद्यालयमा अध्यनरत कक्षा १ देखि ५ सम्मका २४ जना बिद्यार्थीलाई कपि, डटपेन, कटर, इरेजर र पेन्सिल बितरण गरिएको छ ।

Comments
Loading...