भगवान आउँदा साच्चिकै भगवान आए जस्तै भयो

0 68

पाल्पा । पाल्पा जिल्ला अस्पतालको आयोजना मनमोहन कार्डियो सेन्टर काठ्माण्डौको प्राविधिक सहयोग जयन्ती ट्रस्ट काठ्माण्डौ,महिला बहुउद्देश्यीय सहकारी संस्था तानसेन, लुम्बिनी मेडिकल कलेज एण्ड शिक्षण अस्पताल प्रभास र जिल्ला स्तरीय मानव अधिकार निगरानी समूह पाल्पाको संयुक्त आयोजनामा तानसेनमा १ दिने निःशुल्क मुटु रोग परीक्षण शिविर सम्पन्न भएको छ ।

बिहान ८ बजेदेखि साझ १० बजेसम्म पाल्पा जिल्ला अस्पतालमा संचालन भएको शिविरमा बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. भगवान कोइराला सहितका डाक्टरहरुले बिरामीहरुको जाच गरेका थिए । शिविरमा पाल्पा सहित छिमेकी जिल्लाहरु गुल्मी, अर्घाखाची, रुपन्देहीका गरि ७ सय जना बिरामीले मुटु जाच गराएको पाल्पा अस्पतालका डा. भाष्कर हुमागाईले बताए ।
शिविरको उद्घाटन कार्यक्रममा बोल्दै डा. कोइरालाले पछिल्लो समय खानपान र मानवीय व्यवहारका कारण मुटुरोगीहरु बढ्दै गएको बताए । उनले यसप्रकारका शिविरहरु ग्रामीण क्षेत्रमा समेत गर्नुपर्ने र त्यसका लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको बताए । पाल्पा आफ्नो जन्मथलो भएकोले पनि प्राथमिकता दिएको उनले बताए ।

जिल्ला समन्वय समिति प्रमुख दयाराज बस्याल, जिल्ला न्यायाधीश शंकर बराल, नगर प्रमुख अशोक शाही, उपप्रमुख लक्ष्मी पाठक, नेपाली सेनाका गणपति जयेन्द्र केसी, नेपाल प्रहरीका एसपि डिल्लीराज पन्त लगायतका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरि शिविरको उद्घाटन भएको थियो । अस्पताल विकास समितिका अध्यक्ष डा. पुरन बज्रँचार्यले सहभागीलाई स्वागत गरेका थिए ।

Comments
Loading...