भन भन भाई हो देउसिरे

0 30

पाल्पा । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार । तिहारको पूर्वसन्ध्यामा देउसिरेको रौनक बढेको छ । देउसिरे, भैलो संस्कृति आफैमा रमाइलो संस्कृति भएकोले पनि सबै जना यसैमा रमाएका छन् ।

उता यस वर्षको भाइटीकाको साइत ४ कात्तिक शनिबार मध्यान्ह ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाड्ड निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत दिएको जानकारी दिए । उनका अनुसार भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो हुन्छ । यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्व असोज ३१ गते मंगलवारदेखि शुरु भएको छ ।

३१ गते (कार्तिक कृष्ण त्रयोदशीका दिन) काग तिहार र धनवन्तरी जयन्ती, कात्तिक १ गते बुधवार कुकुर तिहार र नरक चतुर्दशी, २ गते बिहीवार लक्ष्मी पूजा, कात्तिक ३ गते शुक्रवार गाई, गोरु तिहार, कृषक र गोर्वधन पूजा एवं कात्तिक ४ गते शनिवार भाइटीका परेको अध्यक्ष गौतमले जानकारी दिए । कुल परम्पराअनुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गरेका छन् । शास्त्रीयरूपमा गाईको पूजा भने कार्तिक शुक्ल प्रतिपदाकै दिन हुनुपर्ने समितिले जनाएको छ ।

Comments
Loading...