भारतबाट आउनेलाई पहिला तानसेनको क्वारेन्टाइनमा राखिने, त्यसपछि मात्रै आफ्नै पालिकामा पठाइने

0 74

पाल्पा । भारतबाट गाउँघर फर्किएका पाल्पालीहरुलाई तानसेनमा निर्माण गरिएको होल्डिङ क्वारेन्टाइनमा राख्न थालिएको छ । शुक्रवार बसेको जिल्ला स्तरीय बैठकको निर्णय अनुसार शुक्रवार साँझबाट नै मानिसहरु आउन सुरु गरेका छन् । त्यसअघि पनि भारतबाट आएकाहरुलाई सोही क्वारेन्टाइनमा राखिएको थियो । भारतबाट पाल्पा भित्रिएका सबै जनालाई पहिलो चरणमा तानसेनको होलडिंग क्वारेन्टाइनमा राखि उनीहरुको पिसिआर र आरडिटि परीक्षण पछि मात्रै आफ्नो सम्वन्धित पालिकामा पठाइनेछ ।


भारतबाट आएका मानिसहरुलाई अनिवार्य क्वारेन्टाइनमा राखिने र उनीहरुको आरडिटी, पिसिआर विधिबाट चेकजाँच गरिने प्रमुख जिल्ला अधिकारी यादव सुबेदीले बताए । त्यसको लागि तथ्याङ्क संकलन र व्यवस्थापनको लागि तानसेन नगरपालिका १३ का अध्यक्ष टुक प्रसाद भट्टराईको संयोजकत्वमा तानसेन, बगनासकाली, रिब्दीकोट पालिका, प्रहरी प्रशासनको समन्वयमा कोभिड १९ हेल्पडेक्सको व्यबस्थापन गरिएको उनले बताए ।


बाहिर रहेका व्यक्तिहरुले गाउँपालिका, प्रहरी, प्रशासनमा खबर गरेमा पटक पटक लिन जानुको साटोमा एकमुष्ट ल्याएर होल्डिङ क्वारेन्टाइनमा राखिने व्यबस्था भएको छ । जसको लागि होल्डिङ क्वारेन्टाइनमा एउटा बस र एउटा जिपको व्यबस्था गरिएको छ । जसले भारत लगाएतका छिमेकी मुलुकमा अलपत्र जिल्लाका नागरिकलाई सिमानामा गइ पहिलो चरणको क्वारेन्टाइनसम्म ल्याउनेछ । त्यसपछि आफ्नो पालिकामा रहेको क्वारेन्टाइन्मा जान भने स्वयम् पालिकालेहरुले ब्वयस्थापन गर्नुपर्नेछ ।


तानसेन नगरपालिकाले हाललाई १ सय बेडको होल्डिङ क्वारेन्टाइन निर्माण गर्ने र सो क्वारेन्टाइनमा बस्ने व्यक्तिहरूको खाना समेतको व्यवस्था मिलाउन जिल्लाका १० वटै पालिकाले १, १ लाखको दरले तानसेन नगरपालिकाको विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्ने र आवश्यकता अनुसार सहयोग रकम थप्दै जाने निर्णय भएको जिल्ला समन्वय समिति पाल्पाकी प्रमुख मिरा मरासिनीले बताइन् ।

Comments
Loading...