भारतबाट पाल्पा आउनेहरुलाई नाकामै बस लिन जान थाल्यो, १६७ जना जिल्ला भित्रिए

0 40

पाल्पा । भारत रेल तथा सवारी चल्न थालेपछि भारतबाट १६७ जना पाल्पा आइपुगेका छन् । भारतसँग जोडिएका विभिन्न नाकाबाट उनीहरूको उद्दार गरि पाल्पा ल्याइएको कोरोना भाइरस (कोभिड १९) हेल्प डेस्कका संयोजक टुक प्रसाद भट्टराईले बताए ।


नाकामै पुगेर बसले उद्धार गरि ल्याउन थालेपछि पाल्पालीहरु खुशी भएका छन् । उनीहरू अब सिधै जिल्ला आउन पाएका छन् । उनीहरूले सीमा नाकाबाट आफ्नो गाउँसम्म पुग्नको लागि भाडासमेत तिर्नुपर्ने छैन । उनीहरुलाई ल्याउन स्थानीय सरकारले निशुल्क गाडीको व्यवस्था मिलाएको तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले बताए । रूपन्देहीको बेलहिया नाका, कपिलवस्तुको कृष्णनगर नाका र नवलपरासीका विभिन्न नाका हुँदै नेपाल प्रवेश गरेका पाल्पा घर भएकाहरूको उद्धार गरिएको पाल्पामा स्थापना गरिएको होल्डिङ क्वारेन्टाइनमा ल्याउन थालिएको उनले बताए ।


भारतमा सीमा नाकामा आफूहरू अलपत्र परेको गुनासो बढ्दै गएपछि जिल्ला स्तरमा यस्तो निर्णय भएको हो । भारतबाट आउन चाहनेहरूले सम्पर्क गर्नको लागि हेल्पडेस्क स्थापना गरिएको छ । तानसेन नगरपालिका १३ का वडाध्यक्ष टुकप्रसाद भट्टराईको संयोजकत्वमा कोरोना भाइरस (कोभिड १९) हेल्प डेस्क स्थापना गरिएको हो । जसको सदस्यमा तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीका प्रतिनिधि रहेको जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख मिरा मरासिनीले बताइन् ।

ल्लामा रहेका दुई नगरपालिका र ८ वटा गाउँपालिकाको सहकार्यमा हेल्प डेस्क स्थापना गरिएको छ । दशवटै स्थानीय तहले १, १ लाखका दरले हेल्प डेस्कमा कोष स्थापना गरेका छन् । अनिवार्य क्वारेण्टाइनमा बस्नुपर्ने भारतबाट आउने जोसुकै अनिवार्य जिल्लाको सदरमुकाम तानसेनमा स्थापना गरिएको होल्डिङ क्वारेण्टाइनमा बस्नुपर्ने हुन्छ । बढीमा तीन दिन यहाँ बस्नुपर्ने छ । भारतीय कुनैपनि नाकाबाट प्रवेश गरेका उनीहरू पहिले तानसेनमा रहेका क्वारेण्टाइनमा आउनुपर्ने छ । आरडिटि वा पीसीआर गरेपछि मात्र उनीहरू आफ्नो स्थानीय तहमा जान पाउने पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए । रिपोर्ट पोजेटिभ आएका व्यक्ति भने होल्डिङ्ग क्वारेण्टाइनबाट आइसोलेसनतर्फ जानुपर्ने र नेगेटिभ रिपोर्ट आएकाहरूलाई मात्र सम्बन्धित स्थानीय तहमा पठाइने उनले बताए ।


तर सम्बन्धित स्थानीयतहमा पुगेपछि भने त्यहाँ रहेको क्वारेण्टाइनमा १४ दिन बस्नुपर्छ । १४ दिनपछि आरडिटि परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएकाहरूलाई थप एकहप्ता होम क्वारेण्टाइनमा बस्ने शर्तमा घरमा पठाइने उनी बताउँछन् । लकडाउका बेला भारतका विभिन्न नाकाबाट प्रवेश गरी लुकेर गाउँ छिर्न थालेपछि कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि थप उपायस्वरूप यस्तो निर्णय गरिएको प्रजिअ सुवेदीले बताए ।
तस्बिर सौजन्य मिलन बिश्वकर्मा

Comments
Loading...