भुसलडाँडा माविमा एनसिसिका बिद्यार्थीको तालिम निरीक्षण तथा शुभकामना प्रदान

0 67

पाल्पा । नेपाली सेना राष्ट्रिय सेवादलद्वारा भुषालडांडा मा.वि. तानसेनमा संचालन भईरहेको सि.सं. ४६ जुनियर डिभिजन एनसिसि तालिमका छात्र छात्राहरुलाई एक कार्यक्रमका बीच शुभकामना दिनुका साथै उनीहरुको तालिम निरीक्षण गरिएको छ ।

३६ जना समावेश गरी संचालन भएको एनसिसि १ सय दिनको तालिम मध्ये ७९ दिनको तालिमको अन्तिम दिन मंगलबार गोरखदल गणका गणपति प्रमुख सेनानी सुरज थापाले स्थानीय विशेष तालिम निरीक्षण तथा शुभकामना कार्यक्रममा सहभागी भई सहभागीहरुको तालिम निरीक्षण तथा सहभागीहरुलाई शुभकामना प्रदान गरे ।


उक्त तालिमको बांकी २१ दिनको सामुहिक तालिम पुस २० गतेबाट माघ ११ गतेसम्म बांके जिल्लाको कोहलपुरमा संचालन हुनेछ । उक्त कार्यक्रममा ४६ औं व्याचका क्याडेट छात्र छात्राहरुले हालसम्म सिकेका कुराहरुलाई समेटेर ड्रिल, तेक्वान्दो, एरोविक्स, खुकुरी ड्रिल, पव्लिक स्पिकिङ्ग, मोडल व्रिफिङ तथा नांचहरुको उत्कृष्ट प्रदर्शन समेत गरेका थिए ।

Comments
Loading...