भोलिबाट खुल्ने भयो अन्तर पाल्पा, नाकामा थप कडाई गरिने

0 1,672

पाल्पा । कोरोना महामारी न्यूनीकरणका लागि पाल्पामा भदौ ५ गतेबाट जारी निषेधाज्ञा आज रातिबाट सकिने भएको छ ।
जिल्ला स्तरीय कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण जिल्ला समितिको शुक्रबार सम्मन्न भएको बैठकले आन्तरिक खुला गतिविधि खुला गर्ने निर्णय गरेको हो । बैठकले जिल्ला भित्रिने नाकाहरुमा कडाई गर्ने र जिल्लाभित्र खुल्ला गर्ने निर्णय गरेको छ ।

जस अन्र्तगत यसअघिबाटै कायम रहेको जिल्ला भित्रिने नाकाहरुमा थप कडाई हुनेछ । पाल्पामा हाल २४ जना सक्रिय संक्रमित रहेका छन् । ५ सय जनाको स्वाबको रिपोर्ट आउन बाँकी रहेको छ । पछिल्लो समय बिदेशबाट फर्केका नागरिकहरु होम क्वारेन्टाइनमै बस्दै आएका छन् ।
पाल्पामा पछिल्लो समय समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको र अझ फैलन सक्ने भन्दै निषेधाज्ञा जारी गरिएको थियो । भदौ ५ गतेबाट जारी निषेधाज्ञा भदौ १२ गते पुनः १९ गतेसम्मका लागि थप गरिएको थियो ।

Comments
Loading...