भ्यान दुर्घटनाका घाइतेहरुको पहिचान, सबैको अवस्था मध्यम

0 55

पाल्पा । तानसेनबाट चापपानीतर्फ जादै गरेको लु १ ज २५३९ नं. को भ्यान बिहीबार बिहान बगनासकाली ९ चापपानी झिरभञ्ज्यांग आरालोमा दुर्घटना हुँदा ६ जना घाइतेहरुको पहिचान भएको छ ।

घाइतेहरुमा तानसेन नगरपालिका वडा नं.६ का भ्यान चालक पवन राना, सोही स्थानकी ३९ वर्षीय निर्मला खराल, सोही स्थानका ४४ वर्षीय शिव खराल, नवलपरासी बर्दघाट १० की ४० वर्षीया सरस्वती चापागाई, बुटवल नहरपुरकी ३४ वर्षीया मिना भट्टराई र सोही स्थानकी २८ वर्षीय बिना बस्याल रहेको प्रहरीले जनाएको छ ।


घाइतेहरुको अवस्थामा मध्यम रहेको र उनीहरुको अहिले युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Comments
Loading...